आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिनुपर्छः देउवा

  Manaslu Post  665 पटक हेरिएको

                  …काठमाण्डौँ । नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता वृद्धि गरिने बताएका छन । नेपाल महिला संघद्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय, प्रदेश, प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको छ उनले भने ।…

..संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध छ, महिला सशक्तीकरण गर्न आर्थिक, सामाजिक पक्षमा ध्यान दिनु पर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रिय सभाका महिला सांसदहरु धना खतिवडा, तारादेवी भट्ट, अनिता देवकोटा, मुक्ता कुमारी यादव र सरिता प्रसाई एवं प्रदेशसभाका महिला सांसदलाई सम्मानसमेत गरिएको थियो ।……..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार