म्याग्दी । अन्नपुर्ण गाउपालिका राम्चे काफलडाँडाँ म्याग्दीमा नेपाल सरकार संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र करवाकेलीबाबा संरक्षण समिति काफलडाँडाँ म्याग्दीको आयोजनामा पुन समुदायको अर्मुत संस्कृति पहिचानलाई संरक्षण गर्नकोे करबाकेलीबाबा सभाहल काफलडाँडामा पुन समुदायमा प्रचलित अर्मुत मौलिक संस्कृति संरक्षण सम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
अन्नपुर्ण गाउपालिका प्रमुख क्या. डम बहादुर पुनको अध्यक्षतामा नेपाल सरकार संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिब भरतमणि सवेदीको प्रमुख आतिथ्यमा सुरु भएको अभिमुखिकरण गोष्ठी कार्यक्रममा २२ गाउवाट पुन समुदायमा प्रचलित मौलिक सोरठी नाच प्रस्तुत गरिएको थियो ।
करबकेलीबाबा सभाहलमा भएको अभिमुखिकरण कार्यक्रममा ४ ओटा कार्यपत्र प्रस्तुत भएको करबाकेली बाबा संरक्षण समितिका सचिब रवि गर्वुजा पुनले मनास्लु पोष्टलाई जानकारी गराए ।