मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्ट अनलाइन पत्रिका दुई वर्षको दौरानमा छ । यो अवधिमा नयाँ खवर विश्लेशन र गम्भीर विषयका सामग्री बाँड्ने प्रयास गरेका छौ । पाठकवाट हामीले धेरै सुझाव र प्रतिक्रिया पाएका छौ, जसले हामीलाई थप सशक्तरुपमा अगाडि बढ्ने शक्ति दिएको छ । पहिलो वर्षमै राष्ट्रलाई बिषेस योगदान दिने ब्याक्तिहरुलाई मनास्लु राष्ट्रिय अर्वाडद्धार सम्मान गरि त्यस मार्फत सामाजिक उत्तरदायित्वमुखी केही काम गर्ने जानकारी गराउन पाउदा हामीलाई गौरव लागेको छ । नेपाल र नेपाली सन्दर्भका सामाग्री व्यावसायिक रुपमा प्रस्तुत गर्ने र डिजिटल संवाद फोरमका रुपमा विश्वभर रहेका नेपालीलाई जोड्ने उदेश्यमा हामीले अपेक्षा गरे भन्दा राम्रो सफलता पाएका छौ । यो छोटो समयमै मनास्लु पोष्ट लोकप्रिय अनलाइनको रुपमा स्थापित भएको छ ।
यस वर्षमा पाठक, शुभेच्छुक र विज्ञापनदाताले देखाएको विश्वास र सहयोगले हामीलाई अझै सशक्त रुपमा अगाडि बढ्ने प्रेरणा मिलेको छ । मनास्लु राष्ट्रिय अर्वाड –२०७४ लाई भव्य रुपमा सफल पार्न सहयोग गर्नु हुने, हामीलाई विश्वास गर्ने पाठक र व्यावसायिक रुपमा अगाडि बढ्न पोत्साहित गर्ने सबैलाई धन्यवाद दिन चाहन्छौ ।
हाम्रो अहिलेको प्राथमिकता मनास्लु पोष्टलाई व्यावसायिक रुपमा अझै बलियो बनाउने हो । तर व्यावसायिक सफतासँगै हामीले आफ्नो सामाजिक उत्तरदायित्व पनि बिर्सने छैनौ । मनास्लु पोष्टले बिभिन्न क्षेत्रमा लागेर राष्ट्रलाई बिषेस योगदान दिने व्याक्त्विलाई पहिचान गरि पोत्साहन स्वरुप अर्वाड र सम्मान गर्न महत्वको साथ लाग्ने लक्ष्य राखेका छौ । यहि लक्ष्यका साथ सुरुवाट गरिएको एक विधा एक स्टार मनास्लु राष्ट्रिय अर्वाड– २०७५ को नोमिनेसन खुल्ला गरेका छौ । यहाँहरुलाई सम्मान गर्नुका साथै प्रेरणा दायक जिवनी प्रकाशन गर्ने उदेश्य बोकेका छौ । यहाँहरुको जिवनीले आम नेपालीलाई राष्ट्रलाई सेवा गर्ने सोंच, मार्गदर्शन र पे्ररणा मिल्ने छ भन्ने विश्वास लिएका छौ ।
मनास्लु राष्ट्रिय अर्वाड २०७५को अवसरमा हामी फेरि दोहो¥याउन चाहन्छौ, सत्य, तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा मनास्लु राष्ट्रिय साप्तिाहिक प्रकाशन गर्न गइरहेका छौ ।
राष्ट्रियता र राष्ट्रहित लोकतन्त्रका मुल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति मनास्लु पोट अनलाइन पत्रिका, मनास्लु टेलिभिजन र मनास्लु पोष्ट राष्ट्रिय साप्तिाहिक सधैं प्रतिबद्ध रहने छ ।
पाठकको सुझाव र प्रतिक्रियालाई हामीले सधैं मार्गदर्शनका रुपमा लिएका छौ । त्यसले नै मनास्लु पोष्टलाई अझै परिष्कृत बनाउदै लाने विश्वास बाँड्न चाहन्छौ । आफ्नो घेरा र गुणस्तर बढाउदै थप संस्करणहरु ल्याउने लक्ष्य हामीले राखेका छौ । नयाँ खबर र विश्लेसन सहित मनास्लु पोष्ट सधै तपाईसँगै हुनेछ ।
मन बहादुर पुन
प्रकाशक/प्रधानसम्पादक