अप्रिल २५ मा टान लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुदै

  Manaslu Post  682 पटक हेरिएको

काठमाडौं । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले तेस्रो ‘टान लाङटाङ अन्तर्राष्ट्रिय म्याराथन’ प्रतियोगिताको आयोजनाको तयारी थालेको छ । २५ अप्रिल २०१८ मा आयोजना गर्नेगरी लाङटाङ अन्तर्राष्ट्रिय म्याराथनको तयारी तिव्र पारिएको टानका प्रवक्ता गोपाल श्रेष्ठले बताएकाछन । म्याराथन क्यान्जिङ गोम्पाबाट सुरु भइ स्याब्रुवेसीमा समापन हुने यस वर्षको प्रतियोगितामा स्वदेशी तथा विदेशी सहित करिब २ सय जनाको सहभागिता रहने श्रेष्ठले बताए ।

यस वर्षको म्याराथनका लागि कार्यसमिति सदस्य रितु ग्याम्दानको संयोजकत्वमा एक समिति गठन गरी काम अघि बढाइएको हो । नेपाल पर्यटन बोर्डको सहयोगमा उक्त कार्यक्रम आयोजना गर्दै आएको छ ।

पर्यटकीय क्षेत्रमा साहसिक खेलको माध्यमबाट पनि पर्यटन गन्तव्यको प्रचार प्रसार गर्न सकिने तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रको प्रवर्दन गर्न सकिने अपेक्षा लिइएको छ ।

२०७२ सालको भुकम्पले ध्वस्त भएको लाङ्टाङ क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन र पर्यटन प्रवर्दनका लागि सुरु गरिएको यो लाङटाङ अन्तर्राष्ट्रिय म्याराथनलाई टानले आफ्नो वार्षिक कार्यक्रमको रुपमा राख्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार