गोरखा गण्डकीगाउपालिका देउरालीडाँडामा रहेको एनसिएल टावर ध्वस्त

  शेर बहादुर आले मगर  1136 पटक हेरिएको

गोरखा गण्डकीगाउपालिका वडा नं ५ डर्वुङ देउरालीडाँडामा रहेको एनसिएल टावर हिजोराती ११ बजे अज्ञात समुहले आगो लगाई ध्वस्त पारेका छन ।

एनसिएलको टावरको फेडमा मकैको ध्वर लगेर आगो लगाई ध्वस्त पारेको घ्यालचोक सिउरेनीटार प्रहरी चौकीबाट खटेका प्रहरी हवल्दार दिपक पौडेलले मनास्लु पोष्टलाई बताए ।

एनसिएल कम्पनीले ३ करोड क्षती भएको जनाएको छ भने आगो लगाउने समुहको खोजी भइरहेको प्रहरी सहायक निरिक्षक एकविर मल्लले बताए ।

देउरालीमा रहेको एनसिएल टावरमा क्षति भएपछि गण्डकी गाउपालिकाका दर्वुङ, फुजेल, रानीस्वरा, टाङलिचोक, दलभञ्ज्याङ, सानो दर्वुङ, रामपुर, दर्वुङफाटका बासिन्दा सञ्चारविहिन बनेका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार