प्रकाश बराइली “अभिब्यक्ती”को जुटौ पत्रकार सार्वजनिक (भिडियो सहित)

  Manaslu Post  501 पटक हेरिएको

सञ्चार माध्यम सबैका लागी महत्वपुर्ण माध्यम हो । देश बिकाशका लागी सञ्चार माध्यमको प्रमुख हात रहन्छ । सञ्चार बिना सबैको जिवन अधुरो छ । मानिसको हरेक नशामा सञ्चार संगै गीत संगीत पनि रहेको हुन्छ । पत्रकार राज्यको चौथो अंग हो । पत्रकारले दैनिक ताजा ताजा समाचार सम्प्रेषण गर्नु पर्ने हुन्छ र गर्नु पनि पर्छ । सत्य तथ्य समाचार सम्प्रेषण गर्ने पत्रकारको दायित्व पनि हो । पत्रकार माथी दैनिक हत्या हिंसा, घट्ना, आक्रमण, लुटपाट, धाक धम्की लगायत अन्य क्रियाकलाप हुने गर्दछन् ।

बिगतमा पत्रकार माथी हरेक प्रकारका घट्ना घटेको कुरा सबैलाई जानकारी भएकै कुरा हो । हालसम्म पनि पत्रकारलाई स्वतन्त्रपुर्वक रिपोटिङ्ग गर्ने वातावरण श्रृजना छैन । डर त्रासका साथ रिपोटिङ्ग गर्नुपर्ने अवस्था छ । यसका लागी सुरक्षा निकाय र सरकारले पनि महत्वपुर्ण भुमिका खेल्दीनु पर्ने जरुरी छ । बिगत देखी बर्तमान सम्मलाई नियाल्दा पत्रकारहरुले सम्बन्धीत घट्ना स्थलमा गएर रिपोटिङ्ग गर्ने वातावरणको अझै सम्म श्रृजना भएको छैन र अनुकुलता पनि छैन ।

पत्रकारहरु आफ्नो पेशागत हकहित र सुरक्षाको लागी एकजुट हुनुपर्ने अवस्था छ । यस्तै यस्तै घट्नालाई नियाल्दै र मुल्यांकन गर्दै “जुटौ पत्रकार” गीत बजारमा आएको छ । पत्रकारहरुलाई गीत मार्फत जागरुक बनाउने उदेश्यले यस गीतलाई बजारमा ल्याईएको हो । “जुटौ पत्रकार” गीतमा प्रकाश बराईली “अभिब्यक्ती” को शब्द, संगीत रहेको छ भने प्रकाश बराईली “अभिब्यक्ती” र भिमु गुरुङ्गको स्वर रहेको छ । प्रकाश बराईली “अभिब्यक्ती” स्वयम आफै पत्रकार अनि गीतकार, निर्देशक पनि हुन् । पेशागत हकहितका लागी सम्पुर्ण पत्रकार एकजुट हुनुपर्ने आवश्यकता रहेको बराईलीले बताए । ओम प्रकाश अधिकारी र अन्जान केसीको प्रस्तुती रहेको यस गीतलाई म्याग्देली डिजिटल एण्ड मल्टि मिडिया सेन्टरले बजार ब्यवस्थापन गरेको छ ।

प्रकाश बराईली “अभिब्यक्ती” को निर्देशन रहेको यस गीतमा छायांकन, सम्पादन बिरेन्द्र भाट “बिपिन” रहेको छ । उक्त गीतमा प्रकाश बराईली “अभिब्यक्ती” , गीता अधिकारी, राजकुमार रायमाझी, दिपा तिमल्सीना, बिनोद ढकाल, जगन आत्रेय र लक्ष्मी ढकालको अभिनय रहेको छ ।

भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार