जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा शुरु भएको छ । यसअघि मुटुरोगीहरुले उपचारका लागि महंगो शुल्क तिरेर जिल्ला बाहिर जानुपथ्र्यो । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टरका मुटुरोग विशेषज्ञ डा भगवान कोईरालाले जुम्लाका मुटुरोगीको चेकजाँच गरेका हुन् ।
जुम्लामा मुटुरोगी र ओषधी सेवन गर्नेको संख्या धेरै छ,’ शिक्षण अस्पताल जुम्लाका निर्देशक धर्मराज गोसाईले भने, ‘निःशुल्क मुटुरोग स्वास्थ्य शिविर मार्फत विरामीलाई उपचार गर्न थालिएको हो । मुटु रोग विशेषज्ञ सेवा दुई दिन सम्म चल्नेछ। जुम्लाका मुटु रोग भएका बिरामीको उपचारका लागि मुटुरोग विशेषज्ञ डा कोईरालाको टिमलाई अनुरोध गरिएको थियो। हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मुटु रोगको विशेषज्ञ नहुँदा उपचार हुन सकेको छैन। मुटु रोग विशेषज्ञको टोलीले जुम्लामा उपचार गर्न सकिने बिरामीलाईको जुम्लामै उपचार गर्ने र रेफर गर्ने बिरामीलाई उचित सुझाव दिएर उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा जान परामर्श दिईने छ ।
जिल्लामै मुटु रोग विशेषज्ञको टोली पुगेर चेकजाँच गर्न पाउँदा स्थानीय दंग छन । वालवालिकादेखि वृद्धवृद्धासम्मका मुटुरोगीले नाम दर्ता गराएका छन् । चन्दननाथ नगरपालिका ७ का ४० वर्षिया जय वहादुर महतले आगनमै विशेषज्ञ चिकित्सकको सेवा पाउदा खुसी भएको वताए । उनका अनुसार मुटु रोगीको उपचार गर्न आवश्यक पर्ने सवै उपकरण सहित टोली जुम्लामा पुगेको छ ।
मलाई एक्कासी प्रेसर वढेको थियो,’ उनले भने, ‘पहिलो पटक चेकजाँच गराउन पाएँ । विशेषज्ञ चिकित्सकसंग मुटुको उपचार गराउनको लागि बिरामीलाई टोकन वितरण गरिएको छ । टोकन लिएर उपचार गराउने वातावरण सृजना गरिएको हो ।