हाते कागज बनाएर मनग्य आम्दानी गर्दै लालीखर्कका महिला

  मनास्लु पोष्ट  973 पटक हेरिएको

तेह्रथुम, । फिदिम नगरपालिका–३ लालीखर्कका महिलाहरूले नेपाली हाते कागज बनाएर मनग्य  आम्दानी गर्दै आएका छन् ।

लालीखर्कका स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर तेह्रथुमका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताइन ।

घाम लागेको समयमा अरू दिनमा भन्दा बढी हाते कागज उत्पादन हुने गरेको छ । कागज बनाएरै मासिक रु २५ हजारदेखि रु ३० हजारसम्म आम्दानी हुने गरेको राईले बताउनुभयो ।

उत्पादित हाते कागज रु २५ सम्ममा बिक्री हुने गरेकाे छ ।

फिदिमका जंगलमा पाइने अर्गेली (लोक्ता) को बोक्रा निकालेर पकाएपछि कागज बनाउन चाहिने पदार्थ तयार हुन्छ । लालीखर्कका पुरुष वैदेशिक रोजगारीमा रहेका र महिलाको रोजगारी भने हाते कागजमै रहेको छ ।

मेची राजमार्गले छोएको लालीखर्कका अधिकांश महिलाको आम्दानीको स्रोत नेपाली हाते कागज बनेको छ । यस क्षेत्रका महिला दुई दशकदेखि कागज बनाउदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार