कल्पना थापा मगर
परिचय
बहुजातिय, बहुभाषीय, बहुसांस्कृतिक र बहुधार्मिक र बहुधार्मिक संरचनामा सजिएको नेपाली समाज अनेकौं विविधताले भरिएको छ । यस्तो बहूल संरचनाभित्र नेपालका तमाम आदिवासी जनजातिहरु मध्ये जनसंख्याको हिसाबले सबैभन्दा ठूलो आकार ओगटको, सांस्कृतिक दृष्टिकोणले सबैभन्दा सम्पन्न मानिएको र आधुनिक नेपालको जाति–मगर जाति हो ।
शक्तिशाली गोरखाराज्यको विस्तार गर्नेक्रममा देशभरि फैलिन पुगेको पगर जातिको इतिहास जति विशाल छ, त्यति नै गौरवशाली पनि । इतिहास सँगसंगै जोडिने अर्को पक्ष हो –मगर समाजमा प्रचलित विविध प्रकारका भाषाहरु, विभिन्न धर्म सम्प्रदायहरु, अनेकौ सामाजिक संस्कारहरु एवं सांस्कृतिक परम्पराहरु । यी विविधतायुक्त विशेषताहरु नै वास्तवमा सिंगो मगर समाजको मौलिक अस्तित्व र पहिचानहरु पनि हन् ।
जातिय स्वभाव
मगरहरु अत्यन्त सरल, इमान्दार र परिश्रमी जाति हो । जातैले हँसिला, रसिला, सहयोगी र मिलनसार स्वभाव उनीहरुको हुन्छ । मन मिलेमा ज्यान पनि दिने, आफू कष्ट सहने तर अरुलाई नपिर्ने र सधैं अर्काको भलो चिताउने, कुनै पनि कुरामा रिस, राग र ईख नलिने वा मनलाई कुनै पनि कुरामा रिस, राग र ईख नलिने वा मनलाई गाँठो पारेर नराख्ने अनि कहिल्यै नआत्तिने मगर जातिको प्रमुख विशेषता हो । कसैसँग छलछाम नगर्ने, अरुले ढाँटछल गरे पनि “आ…. भैगो” भनी सजिलै सजिलै माफी दिने जाति पनि हो । अरुको समस्या छिटो बुझ्ने तर आफ्नो समस्या कसैलाई झट्टै नराख्ने अनि निस्वार्थ भएर अर्कालाई गुण मात्र लाउने तर कसैसग हक, अधिकार नखोज्ने मगरहरुको बानी हुन्छ । अरुको खुसीमा आफ्नो सन्तुष्टी खोज्ने मगरहरु अत्यन्त धैर्यवान, सहनशील, सज्जवन र भलादमी हुन्छन् । अधिकांश मगरहरुसंग भविश्यको निम्ति कुनै खास लक्ष्य वा योजना हुदैन ।
प्रायः मगरहरु लक्ष्य तोकेर बोल्दैनन् तर आफ्नो बचन भने निभाउ“छन् । बर्तमानलाई महत्व दिन्छन् तर भविश्यको लागि कहिल्यै चिन्तित हुदैनन् । यस्ता सहृदयी मगरहरु आफ्नो कामकाजमा केही मात्रामा ढिला र सुस्त देखिए पनि अरुलाई हक, इन्साफ दिलाउने मामलामा भने विख्यात रहेको पाइन्छ । मगरहरु अर्काको चाकरी, चापलुसी र खुशामद गर्न पटक्कै नचाहने, यथास्थितिमा बस्न रुाउने र आफ्नै परिवेशमा रमाउने गर्छन । निर्धा र कमजोरलाई सहारा दिनु अनि आफ्नो क्षमता भन्दा माथी उठेर अरुलाई सहयोग गर्नु वा गुण लाउन मगरहरुको परोपकारी भावना गजबको हुन्छ । आफुलाई संकट पर्दाहर्कालाई गुहार्न वा दुःख दिन नचाहने विचित्र स्वभावका पनि हुन्छन् । आफ्नो विचार अघि सार्न नलााउने, भरसक नेतृत्व लिन नरुचाउने, अधिकार भन्दा जिम्मेवारीको कुरो बढी गर्ने अनि त्याग, समर्पण र वलिदानमा गर्व गर्ने ।
आफ्नै हालमा खुसी, सुखी र सन्तुष्ट रहने मगरहरु आदर्शका नमुना पनि हुन् । अर्का तिर आफ्नो सास्कृतिक परम्परा धान्ने मामलामा भने अति मनोञ्जनप्रेमी हुन्छन् । मिठो खानपान, नाँचगान, गीतसंगीतमा मगरहरु औधी रमाउँछन् र आफ्नो आम्दानी, धनसम्पतिहरु सजिलै लुटाउँछन् । सरल मिजास, इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ हुनुका साथसाथै मगर जातिहरु पराक्रमी हुने भएकाले युद्धनीति र रणकौशलमा अत्यन्त सिपालु मानिन्छन् । ब्रिटिश सेना र भारतीय सेनामा रहेको बाहुल्यता साथसाथै देशको सुरक्ष किकायमा मगर जातिको ठूलो उपस्थिति हुनु यस काुराको प्रमाण हो ।
शत्रुसंग बीरतापूर्व लड्ने क्षमता मगरहरुसंग परापूर्वकालदेखि संचित रहेको पाईन्छ । तथापी आफ्नो गाउँघरमा आउने अतिथिहरुको सेवा सत्कार, सत्कार र मानमनिधो गर्न मगरहरुलाई कहिल्यै चुक्दैनन् । अर्काको लोभ, लालच र आश पटक्कै नगर्ने मगर जातिको स्वाभिमानि चरित्र हुन्छ । र यो शासक जातिले अपनाउने एक विशिष्ट शैली पनि हो । यस्ता अनुकरणिय स्वभाव सभ्य र समृद्ध समाजहरुमा मात्र देख्न पाइन्छ । त्यसैले नम्रता, सहनशिलता र परोपकारी प्रवृद्धिका कारण मगर समाज केहि हत सम्म आन्तरिक कारणले आफैं पछि पर्दै गएको देखिन्छ भने धेरै हत सम्म नेपालको ब्राह्मणवादी राज्यसत्ताबाट पछि पर्न गएको हो ।
मगर जाति देशको ठूलो भूगोलमा फैलिएको र संख्यात्मकरुपले नेपालको सवै भन्दा ठूलो आदिवासी जनजाति हो । जातिय हिसावले मात्र होइन, मगर जाति के ऐतिहासिक, के सामाजिक, के धार्मिक, के शैक्षिक, के आर्थिक, के राजनैतिक, के सांस्कृतिक सवै हिसावले पछि पारिएको एक निर्धो जाति पनि हो । सिगों नेपालको निर्माण हुँदाको समयदेखि २०६/६३ को लोकतान्त्रिक जनआन्दोलन सम्म अन्य जातिहरुको दाजोमा मगरहरुको बढी रगतपसिना बगेको छ ।
मगर जाति कै साहादतबाट नेपालको हरेक राजनैतिक इतिहासले नौलो र निर्णायक मोड पनि लिएको छ । देशको लागि यति ठूलो कुर्वानि दिने मगर जाति वर्तमान अवस्थामा ऐतिहासिक क्षतिपूर्तिका लागि साथसाथै आफ्नो जातिय हक, अधिकार र तिनको रक्षाको लागि अत्यन्त जागृत हुदै गएको छ । त्यसैले आफ्नो वाहुवलमा देशको राजनैतिक भूगोल फराकिलो बनाएझै वर्तमान राजनैतिक परिवेशमा मगरजातिले संघीयता, गनतन्त्र र धर्म निरपेक्षता सहितको भावी संविधान निमार्ण गर्ने सवालमा पनि अत्यन्त उर्जासिल निर्णायक भूमिका खेल्नु पर्ने र मौलिक अधिकारहरु सुरक्षित गर्दै मुक्ति एवं स्वाधीनताको बाटो आफैले बनाउनु पर्ने देखिन्छ ।
मगराँत भूमि
मगराँत मगरजातिको उत्पति स्थल वा उद्गम भूमि हो । यो एक सम्भ्रान्त, शक्तिशाली र ऐतिहासिक राज्याको नाम हो । कोशी पूर्व किराँत, कर्णाली पश्चिम खसराँत भनेझै माझको फराकिलो भूभाग मगराँत भूमि हो, जस अन्र्तगत वाइसे चौविसे जस्ता अनेकौ ऐतिहासिक राज्यहरु पर्दथ्ये । त्यसैले मगराँत त्यस्तो समृद्ध भूमि हो । जहाँ मगरजातिले युगौं लगाएर आफ्नो भाषा, धर्म, कला, सांस्कृति, परम्परा र सिगों सभ्यताहरुको विकास गर्यो । जहाँको पहाड, पर्वत, भिर, पाखा, नदी, खोला, नाला, गुफा, कन्दरा, वन, जंगल, वनस्पति, खनिज, उर्जा, ढुङ्गा, माटो, हावा, पानी लगायत त्यहाँका हरेक भौतिक, अभौतिक सवै प्रकारका सम्पदाहरुसंग हामी मगर जातिको अत्यन्त पुरानो र भावनात्मक सम्वन्ध रहेको छ ।
मगराँत क्षेत्रका नदी, नाला, ताल, तलिया, छाँगा, झरना, वन, जंगल, वनस्पति, गाउँ, ठाउँ, वस्ती, हिमाल, पहाड, गुफा, कन्दरा आदिका नाम वा तिनको नामाकरण मगर भाषा, मगराँती, संस्कृतिक, लोक कथा वा लोक परम्परामा आधारित हुनाले वृहत्त ऐतिहासिक सभ्यताको परिचय दिन्छ । र यसमा परापूर्वकालदेखिको हाम्रो आत्मिय साइनो र अन्तर सम्वन्ध जोडिएको स्पष्ट देख्न सकिन्छ । त्यसैले यस्ता क्षेत्र वा भूभागमा वास्तविक हकदार सिंगो मगर समाज भएकाले त्यस्तो ऐतिहासिक र गौरवशाली राज्य वा भूभाग सहितको मगराँत भूमि अपरिहार्य छ, जहाँको ऐतिहासिक, विराशत, प्राकृतिक सम्पदा, परम्परागत कानुन, सांस्कृति प्रचलन लगायत शासन, प्रसाशन हाम्रै समाजमा सुरक्षित र संरक्षित रहने छन् । कुनै पनि स्थान विषेशको नाममा त्यहाँको मौलिक पहिचान लुकेको हुन्छ, जसमा स्थानिय भाषा, संस्कृति, कला, साहित्य, सभ्यता, इतिहास, भूगोल, परम्परागत क्षमता, सिप र ज्ञानहरु अभिन्नरुपले गासिएको हुन्छ । उदाहरणकोरुपमा पाल्पाली राज्यको दक्षिणी समथर भूभाग अर्थात बुटवलदेखि तलको रुपन्देहीलाई धेरै पहिले लुङबीना भनिन्थ्यो ।
मगर भाषामा यसको अर्थ ढुङ्गा, पत्थर, चट्टान आदि केही पनि नभएको ठोस भूभाग हो । कालान्तरमा यसलाई लुम्विनी भन्न थालियो । त्यस क्षेत्रमा मगराँती भाषामा यस्ता अनेकौं नामाकरणहरु पनि भएको पाउन सकिन्छ । जस्तै पाल्पामा पर्ने आरेक भञ्ज्याङ (धेरै लसुन फल्ने स्थान) हाल आर्य भञ्ज्याङ र बटऊली वा बटौली (बटुवाहरुको विसौउनी) हाल बुटवल बजार बन्न पुग्यो । त्यस्तै खस्यौली बजार (नियमित नलाग्ने), तिनाऊ खोला (तिन्हौं), पाल्पा (पाल्हपा), तानसेन (तानसिङ) आदि नामहरु पनि हाल मूलरुपमा प्रचलित छैनन् ।
त्यस्तै उहिले पूर्वि पाल्पाबाट मधेश ओहोर दोहोर गर्ने बटुवाहरुले यात्राको दौडानमा बाटो घाटो वा खोला किनारको फराकिलो भूभागमा बास वस्ने, चुल्हो वनाई खाना पकाउने गरेको पाईन्छ । सामान्यतः एउटाको चुलो अर्काले नचलाउने चलन समेत रहेकोले त्यहाँ अनगिन्ति चुल्हाहरु भेटिन्थ्यो । नवलपरासी राजमार्गमा पर्ने आरुम अर्थात धेरै चुल्हा पाईने ठाउँलाई खोलासंग जाडि आरुम नजिकैको खेला भन्दाभन्दै आरुङ वा अरुण खोला नामाकरण भएको छ । सोही स्थानमा हाल सम्म मगरहरुको बाक्लो आवादी रहनु यस कुराको प्रमाण हो ।
देशै भरी यस्ता अनेकौ अपभ्रसिंत नामबाट हामी मगरहरुको मौलिकत एवं पहिचानलाई नामेट पार्ने र आफ्नो काल्पनिक इतिहास रच्ने घिन लाग्दा प्रयासहरु भएका छन् । स्थान विशेषका मौलिक नाम र स्वरुपमा परिवर्तन गराउने यस्ता चेष्टाहरु स्थानीय जातजाति वा समुदायको हित अनुकुल छैन । त्यसैले ती नामहरुको मौलिक स्वरुपमा अव हामीले फर्कनु पर्ने र आफ्नो इतिहासलाई जोगाउनु पर्ने देखिन्छ । आफ्नो थातथलो वा पैतृक भूमिमा स्थानीय जातजातिवा समुदायको रहनसहन, संस्कार, रीतिरिवाज र मौलिक जीवन पद्धतिको जन्म, विकास र विस्तार हुने भएकोले आफ्नै सामाजिक मूल्य, मान्यता, आफ्नै चालचलन, रीतिथिति अनि ऐतिहासिक, मौलिक परम्पराहरुमा हाधारित कानुन एवं शासन पद्धतिको विकास हुनु पुगेको देखिन्छ ।
अतः ती स्थान, इलाका, क्षेत्र र भूमिहरुसंग हाम्रो सांस्कृतिक घनिष्टता रहेकोले त्यस्ता भूभागहरुमा आफ्नो स्वामित्व वा अपनत्व प्राप्त गरेमा मात्र हामी मगरहरुले जातीय अधिकारको भनुभूतिगर्न सक्नेछौ । यसको वहालीबाट नै हामीले मौलिक पहिचान जोगाउने। हक अधिकारहरुको भोगचलन गर्न पाउने, हाँसीखुसी बाच्न पाउने आफ्नो सामथ्र्यको विकास गर्ने साथसाथै राष्ट्रको हरेक समृद्धिमा आफुलाई पूर्णरुपले समर्पण गर्ने जस्ता अनेकौ कुराहरु आउने छन् ।
निष्कर्ष
विगतलाई हेर्दा सोह्रौं शताब्दीसम्म मगरहरुको आफ्नै रजाई र स्वतन्त्र गणराज्यहरु रहेको पाइन्छ । बाइसी, चौबीसी खसराज्यहरुको निमार्ण हुनअघि अस्तित्वमा रहेका बाह्र र अठाह्र मगराँत राज्यहरुको खोजीनिति गर्ने हो भने भूरे–टाकुरे राजाहरुकोरुपमा भए पनि मगरजातिले यस देशमा शासन, प्रशासन चलाएको सुनौलो इतिहासहरु पाउन सकिन्छ । बर्षैपिच्छे खुल्ला दौड प्रतिस्पर्धा गराएर नयाँ राजा छान्ने लिगलिग कोटे (गोरखा) मगरहरुको ऐतिहासिक परम्परालाई तहसनहस पार्दै वि.स. १६१६ सालमा द्रव्य शाहले साम, दाम, दण्ड, भदको नीतिबाट मगरहरुको गरिमामय राज्यलाई छलपूर्वक कब्जा गरेका र सोही क्षेत्रबाट मगरराज्यहरुको अस्तित्वलाई क्रमशः नामेट पार्दै लगेको दखिन्छ । शाह वंशीय राजाको नेतृत्वमा गोरखा राज्य विस्तारै फैलिन्दै गयो, ऐतिहासिक मगरराज्यहरु घट्दै गए । त्यस पछि मगराती भाषा, धर्म र संस्कृति उपर दमन, अतिक्रमण बढै गएको देखिन्छ । यसरी मगर जाति विगत ४५० बर्षदेखि नै ब्राह्मणवादीहरुको एकल राज्यसत्ताको गम्भीर विवेद र उत्पिडनमा पर्न गएको स्पष्ट देखिन्छ ।
मगरहरुको आदिभूमि वा पैतृकभूमि वा थातथलो भनेकै मगराँत हो र मगराँतसंग हाम्रो गौरबशाली इतिहास र सभ्यता, वास्तविक अस्तित्व र अपनत्व समेत जोडिएको छ । त्यहाँ मगर जातिको मौलिक संस्कृतिको अपार भण्डार र अथाह प्राकृतिक खजाना सुरक्षित रहेको छ । त्यसैले मगरहरुले स्वशासित मगराँत प्रदेश खोज्नु अस्वभाविक कुरा होइन । सरल र सोझा मगर जातिहरु अरुको भरोसा र विश्वास बढी गर्ने, अर्काको लहलहैमा छिटै ढल्कने भएकाले जता कोल्टायो त्यतै कोटिल्ने कमजोर प्रकृतिका हुन्छन । त्यसैले स्वयत्त मगराँत प्रदेश नबन्ने हो भने मगरहरु फेरि पनि ब्राह्मणवादी राज्यसत्ताको निशाना बन्ने निश्चित छ । त्यसैले जातिय बर्चस्व कायम भयो भने मात्र मगरहरुको भाषा, संस्कृति र सभ्यताको संरक्षण र सम्बद्र्धन सम्भव छ ।
स्वयत्त मगराँतको प्राप्तिबाट हामी मगरहरुलाई सत्ता, अवसर र पहुंच प्राप्त हुन्छ । त्यसो भएमा मात्र आफ्नो स्वामित्व र अपनत्वको प्रत्यक्ष अनुभूति सवैले गर्न पाउँँछन् । जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुने भए पछि पहुँचको सम्भावना पनि निर्धारित हुन्छ । तर ख्याल गर्नु पर्ने अर्को पक्ष के छ भने आफ्नो हक, अधिकार मात्र खोज्दा त्यस क्षेत्रमा बसोबास गर्न अन्य जातजातिहरुको अस्तित्वसमेत सकटमा पर्न हुदैन । ती अल्पसंख्यक जातजातिहरुको उपस्थिति र तिनको कनुनी हक, अधिकारलाई पनि स्विकारिनु पर्दछ ।
मगराँतमा उनीहरुले पनि उप–स्वयत्त क्षेत्र पाउनै पर्ने हुन्छ । आफ्नो सघन बसोबास क्षेत्रभन्दा बाहिर रहेका आम मगरहरुले पनि उप–स्वयत्त षैत्र पाउनु ततिकै जरुरी देखिन्छ । यसरी आफ्नै खालको राजनैतिक भूगोल, प्राचीन सभ्यता, कला, सस्कउति एवं परम्परा कायम हुने ्गरी स्वायत्त, उप–स्वायत्त क्षेत्र दिनु र ऐतिहासिक क्षतिपूर्तिको रुपमा विशेषाधिकार वा अग्राधिकार समेत उवलब्ध गराउनु आधुनिक संघीय प्रणालीको प्रमुख विशेषता पनि हो । यदि त्यसो नभए वा नगरिएमा राज्यको चरम शोषण, उत्पीडन र बहिष्करणमा परका कुनै पनि वर्ग, जातजाति वा समुदायले गितमा व्यहोरेको ऐतिकासिक अन्यायहरुको उचित र वास्तविक क्षतिपूर्ति प्राप्त गर्न सक्दैन । संस्कृतिविनाको जाति र जातिविनाको राज्य कहिल्यै पनि सम्भव हुदैन ।
त्यसैगरी राज्यविनाको पहिचान र पहिचानविनाको सामथ्र्य पनि सम्भव हुदैन । त्यसैले, “राज्य नै सवै कुरा हो, राज्य नभए कोही पनि रहन्न”–प्रस्तुत भनाइ प्राचिन ग्रीसका एक राजनिीतिज्ञ एवं दर्शनशास्त्री अरस्तुको हो । उनी भन्छन्–“राज्यसत्ता भनृेको शक्ति हो , जसको प्रयोगबाट मात्र परिवर्तन सम्भव छ ।” यो भनाइ आजको परिप्रेक्ष्यमा पनि उत्तिकै सान्दर्भिक, अर्थपूर्ण र व्यवहारिक रहेको देखिन्छ । विगतको इतिहासले हाम्रो सन्दर्भमा के सावित गरेको छ भने राज्य सत्तामा पहुँच हुनेले वा दवाव, प्रभाव जमाउन सक्नेले मा समाजमा आफ्नो बर्चस्व कायम गर्न सक्ने रहेछ ।