रापती अवार्ड चुम्न सफल गणेश गुरुङले गरे सुनको औंठीसँग सम्बन्धित टिमलाई सम्मान

  शेर बहादुर आले मगर  1445 पटक हेरिएको

काठमाडौं– मौलिक नेपाली लाके संगीतमा आफ्नो छुटै पहिचान बनाएका चर्चित लोक गायक गणेश गुरुङले छैठौ रापती म्यूजिक अवार्डमा उत्कृष्ट लोक गीतको अवार्ड पाएपछि सुनको औंठीसँग सम्बन्धित सम्पूर्ण गायक गायिका, मोडल, भिडियो निर्देशक लगायतका गीत संगीतसँग सम्बन्धित रहेका टिमहरुलाई सम्मान गरेका छन् । सोही अवसरमा सुनको औंठीका निर्माता धनबहादुर गुरुङलाई तमु कलाकार संघले विशेष सम्मान गरेको छ ।

पर्यटन व्यवसायी एवं समाजसेवी राजेन्द्र पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा लोकप्रिय गायक गणेश गुरुङले आफूले अवार्ड पाएको भन्दा पनि अवार्ड जिताउने समूह र गीत निर्माण गर्नेहरुको महत्वपूर्ण हात रहेको बताउदै सबैलाई धन्यबाद दिएका थिए ।

उनले आफू प्रतिनिधि पात्र भएर अवार्ड चुम्न सफल भएको बताउँदै उक्त अवार्ड सबैको भएको बताए । सुनको औंठी कौडा गीतले रापती म्यूजिक अवार्डमा उत्कृष्ट लोकगीतको अवार्ड चुम्न सफल भएको भन्दै गायक गुरुङले गीतसँग सम्बन्धित सम्पूर्ण टिमलाई सम्मान गर्दै आगामी दिनमा पनि यस्ता गीत सिर्जना गर्नका लागि सबैको साथको आवश्यक महसुस गरेको बताएका थिए ।

कार्यक्रमलाई शुभकामना दिँदै नवोदित कलेजका प्रिन्सिपल राजेन्द्र अधिकारीले शुभकामना दिँदै गायक गुरुङ एक होनाहार प्रतिभा हुन् भन्दै नवोदितका असल अभिभावक, साथी, शुभचिन्तक भएको बताए ।

गायक, मोडल मात्र नभएर, लोकदोहोरी र आफ्नो समुदायलाई अत्यन्तै माया गर्ने गायक भएको प्रिन्सिपल अधिकारले बताए । त्यसैगरी तमु कलाकार समाजको अध्यक्ष राजु गुरुङले आफ्नो गीतलाई सबैका सामु लैजाने टिमका लागि आभार प्रकट गर्दै कार्यक्रमको समापन भएको थियो ।

कार्यक्रममा संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीले सुनको औंठी सुनजस्तै भएको बताउँदै पूर्व र पश्चिमको सम्बन्धलाई जोड्न सफल भएको बताएका थिए । त्यस्तै गुरुङ फिल्मका निर्देशक प्रितम गुरुङले गायक गणेश गुरुङ गायक भन्दा पनि सफल गीतकार भएको बताए ।

गुरुङ फिल्मका संगीतकार, नायक, गीतकार, गायक सबै भूमिका निर्वाह गरेका गायक गुरुङ राष्ट्रियस्तरमा पनि उत्तिकै ख्याति कमाउन सफल भएकोमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पर्यटन व्यवसायी राजेन्द्र पराजुलीले सुनको औंठीले मौलिकता बोकेको हुँदा यस्तै मौलिक सिर्जना आगामी दिनमा पनि रेकर्ड गराउँदै जानुपर्ने बताउँदै गायक गुरुङलाई शुभकामना दिएका थिए ।

त्यस्तै गायक, निर्माता एवं कार्यक्रमका सभापति धनबहादुर गुरुङले आफू कलाकार र कलासंस्कृतिलाई माया गर्ने भएको हुँदा मौलिक सिर्जनामा लगानी गरेको बताएका थिए । ‘म सफल व्यवसायी हुँ तर गीतसंगीतमा रमाउन भन्दा अरु जानेको छैन, धनबहादुर गुरुङले भने ।

कार्यक्रममा गायक गणेश गुरुङ र अर्वाड पाएको गीतका निर्माता धनबहादुर गुरुङलाई गुरुङ परम्परा अनुसार तमु गुरुङ संघ लगायत विभिन्न संघ संस्थाहरुले फेता लगाई सम्मान गरियको थियो । उक्त कार्यक्रममा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

युवा पुस्तालाई प्रतिनिधित्व गर्दै मौलिक संस्कृति झल्किने गीत संगीत श्रृजनामा सक्रिय गायक गणेश गुरुङ लाई कौडा किङको रुपमा पनि चिनिदै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार