सगरमाथा आरोहणका लागि अाएका जापानीको सगरमाथा अाधारशिविरमा मृत्यु

  मनास्लु पोष्ट  770 पटक हेरिएको

विराटनगर, २४ वैशाख : सोलुखम्बुमा लेक लागेर आइतबार एक जापानी नागरिकको मृत्यु भएको छ ।

खुम्बुपासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । लुक्लास्थित निकोल निकिल अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो ।
सगरमाथा आरोहणका लागि उनि गत वैशाख १४ गते काठमाडौँस्थित नेपाल एक्प्लोरेसन प्रालिमार्फत अाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार