चिप्लेभिर डोल्पामा ब्लाष्टिङको ढुङ्गा लागेर दुईको मृत्यु , एक गम्भीर घाईते

  मनास्लु पोष्ट  1003 पटक हेरिएको

(डोल्पा) २५ बैशाख
त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने चिप्लेभिरमा ब्लाष्टिङको ढुङ्गा लागेर दुईजना कामदारको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।
जाजरकोट डोल्पा सडकखण्ड अन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणकालागि चिप्ले भिरमा काम गर्दै आएका रुकुम जिल्ला आठबिसकोट नगरपालिका वडा नं १० बस्ने अन्दाजि बर्ष २१ का देब बहादुर चन्द र सोही नगरपालिका वडा नं १२ बस्ने अन्दाजी बर्ष २९ का अमृत राना मगरको ब्लाष्टिङ गर्दा उछिट्टीएको ढुङ्गा लागेर मृत्यु भएको जिल्ला जिप्रका डोल्पाका प्रहरी नायव उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिएकाछन ।
सोही नगरपालिका वडा नं ९ बस्ने बर्ष ४१ का शक्ति बहादुर शाही भने गम्भीर घाईते भएको समेत प्रहरीले जनाएको छ । मृतक दुई जनाको सब घरतर्फ लगिएको बताईएको छ ।
गम्भीर घाईते शाहीको उपचारकालागि रुकुम जिल्लातर्फ लगिएको समेत प्रहरीले जनाएको छ । घटना आज दिउसो तीन बजेर पन्ध्र मिनेटमा घटेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार