कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ कीर्तिमान बनाएका छन् । पासाङल्हामु गाउँपालिका ५, थामे सोलुखुम्बुका कामीरिता शेर्पाले बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा २२ पटक पाइला टेकेका हुन ।
बुधबार बिहान साढे ८ः३० बजे शेर्पा सगरमाथाको चुचुरोमा पुगेको पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्रालयका अधिकारीले जनाएको छ । नेपालका कामीरिता शेर्पाले सगरमाथा आरोहणमा नयाँ रेकर्ड बनाएका छन् ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उनले आप्पा शेर्पा र फुर्वा टासी शेर्पाले २१ पटक सगरमाथा आरोहण गरेको रेकर्ड तोड्दै नयाँ विश्वरेकर्ड कायम गरेका छन ।
आप्पा पछि खुम्जुङका फुर्वाटासी शेर्पाले २१ पटक नै सगरमाथा चढेका थिए । आप्पाले सन् २०११ बाटै आरोहण गर्न छोडे । फुर्वाले सन् २०१३ बाट छोडेका थिए ।