युवाको पीडामा प्रकाश सपुतको ‘बोल माया’( भिडियाे सहित)

  मन बहादुर पुन  499 पटक हेरिएको

काठमाडौं÷ विदेश पुगेका युवा काठको बाकसमा बन्द भएर फर्किनुपरेको पीडामाथि बनेको गीत ‘बोल माया’को भिडियो सार्वजनिक गरिएको छ । ललितपुरमा बुधबार आयोजित कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

प्रकाश सपुतको शब्द, संगीत र निर्देशनमा बनेको गीतमा फिल्म निर्देशक तथा गायक नारायण रायमाझीको स्वर छ । गायक रायमाझीले नेपाली समाजको सत्य कथालाई गीतबाट मार्मिक ढंगले प्रस्तुत गरिएको बताए ।

नारायणलाई स्वरमा शान्तिश्री परियार र प्रकाशले पनि साथ दिएका छन् । मन्त्री विष्टले आफू भावुक व्यक्ति भएकाले गीतले निदाउन नदिने प्रतिक्रिया दिए । ‘गीतमा समेटिएको यथार्थ मैले देखेको छु । यही दुःखद दिन दूर गर्न हामी अहिले लागिपरेका छौँ,’ उनले भने ।

‘युवाको सपना बाकसमा बन्द भएर फर्किएको, महिला उमेरमै विधवा भएको र साना नानीहरू टुहुरा भएको दुःख मैले नजिकबाट महसुस गरेको छु । त्यही दुःखलाई मैले गीतमा उतार्ने प्रयास गरेको हुँ,’ प्रकाशले भने । अञ्जली अधिकारीले भिडियोमा अभिनय गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार