जेठ २० गते अन्नपूर्ण म्याराथन हुँदै

  Manaslu Post  672 पटक हेरिएको

यही जेठ २० गते  अन्नपूर्ण सेन्चुरी महोत्सवको अवसरमा अन्नपूर्ण म्याराथन आयोजना हुने भएको छ  ।

पहिलो पटक अन्नपूर्ण हिमालयको सफल आरोहण भएको अवसर पारेर अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण काठमाडौं समाजको सहआयोजनामा म्याराथन हुन लागेको हो । सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हरेजक र लुइस लाछनले पहिलो पटक अन्नपूर्णको सफल आरोहण गरेका थिए र त्यही मितिमा म्याराथन हुन लागेको हो ।

अन्नपूर्ण आधार शिविरबाट सुरु भइ कास्कीको अन्नपूर्ण नगरपालिकास्थित घान्द्रुकमा पुगेर म्याराथनको समापन हुने अन्नपूर्ण समाज नेपालका उपाध्यक्ष झलकराम अधिकारीले जानकारी दिए । आधार शिविर रहेको स्थान झण्डै ४२ सय मिटरको उचाईमा छ र त्यहाँबाट सुरु भएको दौड १६९० मिटर उचाईमा रहेको घान्द्रुकमा पुगेर समापन हुनेछ । पर्यटनका लागि सबै मौसम भन्ने नाराका साथ अन्नपूर्ण सेन्चुरी महोत्सव जेठ १७ देखि २० सम्म आयोजना हुने र त्यसको अन्ति दिन म्याराथन हुने अधिकारीले बताए ।

पहिलो पटक म्याराथन आयोजना गर्न लागेका कारण यसपटक पुरुष खेलाडी र बढीमा १०० खेलाडीलाई सहभागि गराउने समानजका कोषाध्यक्ष ऋषी भण्डारीले जानकारी दिए। हिमाली क्षेत्रमा पहिलो पटक म्राथन गर्न लागेका कारण स्वदेशी र विदेशी गरी सय खेलाडीलाई सहभागिता गराउने छौँ। हामी अर्को वर्ष देखि जुन ३ कै दिन यस म्याराथनलाई निरन्तरता दिनेछौँ। भण्डारीले भने ।

म्याराथनमा सहभागि हुने खेलाडीलाई खाना, बस्ने र ट्रान्पोर्टेसनको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने भण्डारीले जानकारी दिए। म्याराथनमा सहभागि हुने खेलाडीले सय रुपैयाँमा नाम दर्ता गर्न सक्नेछन्। म्याराथनका लागि अन्नपूर्ण गाउँपाकलिका, नेपाल सरकार लगायत स्थानिय व्यावसायी र विभिन्न संघरसंस्थाहरले सहयोग गर्ने समाजका उपाध्यक्ष अधिकारीले बताए ।

म्याराथनको विजेताले नगद १ लाख हात पार्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमश ७० र ५० हजार पाउनेछन्। यस्तै चौथो देखि दशौँ हुने ७ जनालाई सान्त्वाना स्वरुप ८/८ हजार प्रदान गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार