डोल्पा संवाददाता
डोल्पा , यार्सागुम्वा टिप्न गएका जाजरकोट, डोल्पा र रुकुमका स्थानीयहरु पाटनबाट रित्तो हात फर्केका छन् ।
जेठ १ गते यार्सागुम्वा टिप्न डोल्पाका विभिन्न पाटनमा गएका संकलन कर्ताहरु हिउँ अत्यधिक भएकाले र चिसोको कारण हप्ता दिन बिताउँन नसकेको भन्दै फर्र्कीएका हुँन् । यार्सागुम्वा सवैका लागि संकलन गर्नका लागि अनुमती दिनु भन्दा अगाडि चोरी भएकोले यो पटक यार्सा नपाएको त्रिपुरा सुन्दरी नगरपालिका १० दापुकी दापुकी चन्द्रकन्नी बोहोरा बताईन् ।
धेरै आशा बोकेर हप्ता दिन हिडेर पाटन पुगेको तर यार्सा नपाएपछि आफु सगैँ एक दर्जन भन्दा बढी घर फर्कीएको बोहोराले बताईन् ।दुई दर्जन भन्दा बढी शे फोक्सुन्डो राष्ट्रिय निकुन्ज भित्रका पाटनमा यार्सा पाईने गर्छ । जेष्ठ १ मा यार्सागुम्वा संकलनका लागि पाटनहरु खुल्ला गरिएको थियो । अन्य आधा दर्जन भन्दा बढी सामुदायिक बनमा रहेका यार्सा पाटन अत्याधीक हिउ भएकोले यहि जेष्ठ १५ गते खुल्ला गरिने विभिन्न सामुदायीक वन समुहहरुले जानकारी दिएका छन ।