महिला शक्ति महासंघ,गोरखाको दोस्रो जिल्ला भेला सम्पन्न

  कल्पना थापा मगर  1317 पटक हेरिएको

कल्पना थापा मगर
गाेरखा । नयाँ शक्ति पार्टी, नेपाल  निकट महिला संगठन  महिला शक्ति महासंघ, गोरखाको दोस्रो जिल्ला भेला भव्यतापूर्वक सम्पन्न गरेको छ ।
महिला शक्ति महासंघ गोरखाकि संयोजक मैयाँ दहालको अध्यक्षतामा  महिला शक्ति महासंघकि केन्द्रीय संयोजक मनु हुमागाईको प्रमुख अातिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि महिला शक्ति महासंघकि केन्द्रीय सदस्य मन्जिला शर्मा, नयाँ शक्ति पार्टी गोरखाका संयोजक रमेश पोखरेल,राष्ट्रिय युवा सघंका दिनेश तमु, ज्ञानेन्द्र कुमाल लगायतले शुभकामना एंव बधाई मनत्व्य राख्नु भएको थियोे ।
मुलुकले विकल्प खोजिरहेको छ, पुराना दलहरु राष्ट्रवादको नारा दिएर राष्ट्रघात गर्नतिर उद्यत छन्,’ मनु हुमागाईले भन्नुभयो, ‘यही सन्दर्भमा नयाँ युगको नयाँ आवाज प्रतिनिधित्व गर्दै हामी विकल्प खोजिरहेका नयाँ पुस्तालाई संगठित गर्न ससत्त भएर महिलाहरु एक जुट भई अार्थिक समृद्धिमा लाग्नु पर्ने र हाम्रो अामा दिदीबहिनी र म पछि परेको छ अब अघि बढ्नुपर्ने उहाँहरुको भनाइ रहेको थियाे ।
महिला शक्ति महासंघ, गोरखाका संयोजक शान्ता न्यौपानेको बुझाईमा अबको राजनीतिक नेतृत्वको लक्षित समूह महिला हुनुपर्छ । ‘विश्वको नयाँ गतिशीलता नयाँ पुस्ताले मात्रै बुझेको छ, हाम्रो नेपाली समाज पनि रणनीतिक सिफ्टतिर उद्यत छ,’ उहाँ भन्नुहुन्छ, ‘अब हामीले युगको आवश्यकताअनुसारको राजनीति अगाडि बढाउन महिलालाई अगाडि बढाउनुपर्छ, नेतृत्व विकास गर्दै लैजानुपर्छ ।’
उत्त भेलाले शान्ता न्यौपानेको संयोजकत्वमा पच्चीस (२५ ) सदस्यीय महिला शक्ति महासंघ जिल्ला समिति,गोरखाको गठन गरिएको छ ।कार्यक्रममा गोरखा जिल्ला भरिका महिलाहरु लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार