सुशील कुमार बुढा
सुर्खेत- कार्णाली प्रदेशका मन्त्रालयका सचिव विद्यानाथ झाले उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाका स्वकीय सचिव डम्वर बुढासहितका व्यक्तिहरुले अाफुमाथि हातपात प्रयास गरेकाे अाराेप लगाएकाछन । बुधबार कार्यकक्षमै स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीलगायतले हातपात प्रयास गरेकाे झाले अाराेप लगाएका हुन् ।
मन्त्री बुढा काे स्वकिय सचिव डम्बर बुढा छलफल गर्न कार्यकक्षमा पुगेकाे र सचिव अाफै आक्रोशित भइ प्रहरी बाेलाएकाे स्वकिय सचिव डम्बर बुढाकाे भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामसिंह चौधरीले सचिव झाले आफूमाथि हातपात हुन लागेको जानकारी गराएपछि प्रहरी टोली पठाएको बताए । सचिव झा माथी हातपात भएको छैन डिएसपी चौधरीले भने ।
मन्त्रालय मा कुनै पनि काम गर्न असहझ गरेकाे भन्ने बिषयमा मन्त्री बुढा ले बेला बेला भन्दै गरेकाथिए । सचिव ले काम गर्न असहज गरेकाे भनी मन्त्री बुढा संघिय सरकार समक्ष पुग्नु भएकाे छ ।