डडेल्धुरामा चट्याङ लागेर २ जनाको अवस्था गम्भीर, १३ जना घाइते

  मनास्लु पोष्ट  414 पटक हेरिएको

डडेल्धुरा । डडेल्धुरामा चट्याङले लागेर १३ जना घाइते भएका छन्। जसमध्ये दुई जनाको अवस्था गम्भीर छ।

बिहीबार बेलुका वर्षासँगै परेको चट्याङले लाग्दा डडेल्धुराका पर्शुराम नगरपालिका–६, छेलामा आठजना र सोही नगरपालिका–७, साधनीमा पाँच जना घाइते भएका प्रहरीले जनाएको छ।

घरमै परेको चट्याङले पर्शुराम–६, छेलाका २३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्ण धामी, २७ वर्षीया हरिना दमाई, १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवी धामी, २५ वर्षीया मायादेवी धामी, १२ वर्षीया सविना धामी, ७० वर्षीया धौलीदेवी धामी घाइत भएका हुन् ।

घाइतेमध्ये बेलादेवी धामी र मायादेवी धामीको अवस्था गम्भीर रहेको प्रहरीले डेल्धुराका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

यसैगरी चट्याङ लागेर पर्शुराम–७ का १४ वर्षीय धनराज भट्ट, ५० वर्षीया रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीया लक्ष्मी भट्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार जोगबुढा अस्पतालमा भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार