आन्तरिक र बाह्य पर्यटककाे राेजाइमा सुन्दर पाथीभरा

सुन्दर,रमणिय पर्यटकिय रूथलहरूको डकुमेँट्री हेर्नको लागी आजै MANASLU TV मा subscribers गर्नुहोला । छिट्टै प्रशारण हुर्दैछ ।

  मनास्लु पोष्ट  1662 पटक हेरिएको

पूर्वी नेपालको ताप्लेजुङ्मा रहेको पाथीभरा देवीको मन्दिरमा बाह्रै महिना मानिसहरु दर्शन गर्न जाने भए पनि हिउँदमा सुन्दर हिमाल हेर्न र हिउँ खेल्न जानेको संख्या पनि कम नहुने बताइन्छ। अन्न भरिएको पाथीझैं आकृतिको पहाडको टुप्पोमा रहेकाले यी देवीको नाम पाथीभरा रहन गएको किंवदन्ती छ।

पाथीभरापैदल यात्राका लागि फुङ्लिङस्थित सुकेटार विमानस्थलबाट हिँडाइ शुरु गरेर त्यहाँबाट तल्लो फेदी र माथिल्लो फेदी हुँदै जानुपर्छ।स्थानीय वासिन्दाहरु एकदिनमै यात्रा गरिसक्छन् भने पर्यटकहरुले माथिल्लो फेदीमा एकरात बास बसेर पाथीभरा मन्दिर जाँदा यात्रा सहज हुने अनुभवीहरु बताउँछन् । सैयौं भेडा एकैपटक हराएपछि दुःखी बनेका भेडा गोठालाहरुलाई पाथीभरा देवीले सपनामा दर्शन दिइ आफ्नो आराधना गर्न भनेकी थिइन् भन्ने किंवदन्ती रहेको छ।


समुद्री सतहबाट झण्डै ३८ सय मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा हेलिकप्टरबाट अथवा ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङबाट पैदल यात्रा गरेर जान सकिन्छ।धार्मिक हिसाबले निकै महत्व राख्ने पाथीभरा प्राकृतिक रुपमा पनि उत्तिनै सुन्दर छ।  पाथीभरा मन्दिरबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमाल निकै मनमोहक देखिन्छन्।

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि घुमफिर वर्ष मनाइएको बेला पाथीभरा यात्रा उपयुक्त छनोट हुनसक्छ।पाथीभरा मन्दिरमा विभिन्न जातका मानिसहरुले देवी खुशी बनाउन भन्दै वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्ने चलन छ। पाथीभरा देवीको मन्दिरमा भक्तजनहरुले घण्टा र त्रिशुल चढाउने गर्छन्। मन्दिर वरपरको क्षेत्रमा भक्तजनले चढाएका सामाग्रीहरु ठूलो मात्रामा पाइए पनि कसैले टिप्न हुन्न भन्ने जनविश्वास छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार