भेटियो काठमाडौंमै बर्डफ्लु, नष्ट गरिँदै हाँस-कुखुरा

  मनास्लु पोष्ट  598 पटक हेरिएको

काठमाडौं- चितवनका विभिन्न स्थानका कुखुरामा बर्डफ्लु फेला परेलगत्तै काठमाडौंका हाँसमा पनि बर्डफ्लु फेला परेको छ । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थली– ६ मा हिरा तामाङले पालेको हाँसमा बर्डफ्लु फेलापरेको हो।

बर्डफ्लु पुष्टि भएपछि तामाङले पालेको हाँस र कुखुरा नष्ट गर्ने काम भइरहेको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण कार्यालय, तारकेश्वर नगरपालिका र पशु सेवा विभाग अन्तर्गतका टोलीले उक्त क्षेत्रमा वैज्ञानिक ढंगले हाँस र कुखुरा नष्ट गर्न थालेका हुन्।

उक्त क्षेत्रका हाँस तथा कुखुरा नष्ट गरेपछि किसानलाई ७५ प्रतिशत क्षतिपूर्तl दिने निर्णयसमेत भएको छ।

बर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त घोषणा गरिन्छ। संकटग्रस्त क्षेत्रको तीन किलोमिटर परिधिमा रहेका कुखुरा, हाँसलगायत पंक्षी र तीनका अन्डा एवं दाना नष्ट गर्नुपर्ने हुन्छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार बर्डफ्लु भनेको एभियन इन्फ्लुयन्जा टाइप ए नामक सूक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो। यस प्रकारका भाइरसले अतिछिट्टै आफ्नो वंशाणुगत स्वरुपमा परिवर्तन गर्नसक्ने क्षमता बोकेको हुन्छ। यस क्रममा शरीरका कोषसँग समायोजन भएर नयाँ किसिमका हानिकारक जीवाणु जन्मन्छ, जुन पशुबाट मानिसमा सर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार