धादिङ्ग निलकण्ठ नं पा.वडा नं. १४ निवासी आमा ख्यालमाया तामाङ्ग र बुवा जित बहादुर तामाङ्गको कोखबाट जन्मिएकी चर्चामा रहेकी गायिका एबम् मोडल हुन रितु तामाङ ।
उनको स्वर मा रहेको तामाङ्ग, सेलो, दोहोरी, तिज गीतहरु दर्शक श्रोत्रा माझ ल्याइसकेकि छिन । ६, ७ दर्जन गीतहरुमा आफ्नो स्वर रेकर्ड गराइ सकेकी छिन् भने ४ दर्जन जति गीतमा अभिनय गरेकि छिन् । २०७० साल देखी सांगीतीक क्षेत्रमा प्रवेश गरेकी रितु पधेरीको पानीबाट औपचारिक रुपमा कलाकारिता क्षेत्रमा प्रबेश गरेकी हुन् । उनको स्वरमा रहेको गीत ज्यान माया धेरै दर्शक श्रोताले मन पराएका छन् । साथिभाई र अग्रजहरुको साथ सपोर्टले गर्दा यस क्षेत्रमा सहज भएको बताउने । गायिका एबम् मोडल रितु तामाङ मनास्लु पोष्टका संबाददाता प्रकाश बराईली “अभिब्यक्ती” ले लिएको अन्तरबार्ता ।
आजकल के मा ब्यस्त हुनुहुन्छ ?
गीत संगीत र स्टेज कार्यक्रममा ब्यस्त छु ।
फुसर्दको समय कसरी बिताउनु हुन्छ ?
फुसर्दकको समय साथीभाई सँग भेटघाट गर्ने गर्छु र हल्का गीत सुन्ने हेर्ने गर्छु ।
कार्यक्रमकै दौरामा हाल सम्म कुन कुन देश जानु भएको छ ?
हाल सम्म भन्नु पर्दा कार्यक्रम कै शिलशिलामा मलेसिया र दुबईमा २, २ पटक र मुम्बईमा १ पटक गएको छुु ।
तपाईको सानै देखीको रुची के हो ?
मेरो सानै देखीको रुची मोडल बन्ने हो तर अहिले गायन र स्टेज कार्यक्रममा ब्यस्त छु ।
तपाईका आगामी योजना के के छन् ?
यही क्षेत्रलाई निरन्तरता दिने अब आउने तिज गीत र फिल्को गीतको प्रोमोशनमा लाग्ने योजना छ ।
अहिले सम्म काम गर्दा सजिलो को सँग भयो ?
सबै सँग सजिलो लाग्छ । अहिले सम्म राम्रै छ ।
प्रेम प्रस्तावहरु कत्तिको आउछन् ?
हाहाहा।।। हल्का फुल्का आईरहन्छन् ।
बिहेको बारेमा के योजना छ ?
अहिले बिहे गर्ने सोचमा छैन । पहिला आफ्नो खुट्टामा उभिने अनि बिहे गर्ने सोंच छ । तर भने जस्तो केटा पाएसी भन्न सकिन्न ।
कस्तो केटा पाएसी बिहे गर्नुहुन्छ ?
मेरो भावना बुझ्ने र गीत संगीतलाई माया गर्ने केटा भए पुग्छ ।
हालको सांगीतीक क्षेत्रलाई कसरी मुल्यांकन गर्नु भएको छ ?
सांगीतीक क्षेत्रमा राम्रो प्रबिधीको बिकास भैरहेको छ । तर छाडापनले प्रसय पाईरहेको छ ।
नव आगन्तुक कलाकारहरुलाई के भन्नुहुन्छ ?
आफु भित्र भएको कला प्रदर्शन गर्नुहोला र केही सिकेर आउदा राम्रो हुनेछ भन्न चाहन्छु ।
अन्तमा तपाईका शुभचिन्तकहरुलाई के भन्न चाहनुहुन्छ ?
हजुरहरु कै माया ममताले यो क्षेत्रमा टिकेको छु । मेरा गीतहरुलाई माया गरिदिनुहोला । हजुरहरुको माया बिना मेरो सांगीतीक क्षेत्र अधुरो छ । मेरा केही कमी कमजोरी भएमा सल्लाह सुझाव पनि दिनुहोला भन्न चाहन्छु । धन्यवाद