चन्दा अर्यालको नयाँ सांगीतीक कोसेली नजुधाउ आँखाले चर्चा कमाउदै (भिडियो सहित)

  Manaslu Post  814 पटक हेरिएको

चर्चित गायिका चन्दा अर्यालको नयाँ सांगीतीक कोसेली नजुधाउ आँखा गीतले चर्चा कमाईरहेको छ । नजुधाउ आँखा गीतमा चर्चित गायक रामजी खाण र चन्दा अर्यालको स्वर रहेको छ भने सिपी मगरको शब्द, रामजी खाणको संगीत रहेको छ ।

उक्त गीतमा प्रकाश भट्टको निर्देशन, राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । सो गीतको भिडियोमा रामजी खाण र सुस्मा कार्कीको अभिनय हेर्न पाईन्छ । यस गीतलाई तिर्सना म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

गायिका चन्दा अर्याल हाल स्टेज कार्यक्रम र गीत संगीतमा ब्यस्त छिन् । उनैद्धारा स्वरबद्ध गरिएको सोही गीतको हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार