नेपालगंजमा उद्दमशिलता तथा वित्तिय साक्षरता सम्बन्धी तालिम सुरु

  शुसिल कुमार बुढा  705 पटक हेरिएको

शुसिल कुमार बुढा

नेपालगंज । नेपालगंज बाकेमा प्रदेश न. ७ कर्णाली प्रदेशका सवै जिल्ला र ५ नं. प्रदेशको बाँके र बर्दिया जिल्लाका उद्दमी युवाहरुलाई उद्दमशिलता तथा वित्तिय साक्षरता सम्बन्धी तालिम सुरु भएको छ ।
युवाहरुलाई लक्षित गरि सुरु गरियको तालिममा एक निर्वाचन क्षेत्र बराबर दुइजना र कृषक समुहबाट दुइ दुइ जना सहभागी भएका छन ।


नेपाल सरकार युवा तथा खेलबुद् मन्त्रालयद्धारा सञ्चालित राष्ट्रिय युवा परिषद्को मतहतमा एक वडा बराबर दश युवा र एक उद्दमी सञ्चालन गर्ने कार्यक्रम अनुसार पुराना उद्दमी कृषक समुह तथा नयाँ उद्दमी कृषक समुहलाई उद्दम कसरी सञ्चालन गर्ने ? उद्दम गरि आइपर्ने विभिद् समस्याको समाधान कसरी गर्ने ? उद्दमबाट कसरी लावान्धीत हुने ? कसरी बचत गर्न सकिन्छ भन्ने बिषय तालिमको मुख्य उद्देश्य रहेको बताइएको छ । यहि १६ गते सम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल उपस्थित हुने भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार