डोटीमा जीप दुर्घटनाः ४ जनाको मृत्यु, ९ घाइते

  Manaslu Post  421 पटक हेरिएको

डोटी । बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडाको पलाडीमा जीप दुर्घटना हुँदा ४ जना यात्रुको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।दिपायलबाट गगुडा तर्फयात्रु बोकेर जाँदै गरेको से १ ज ८७७ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

स्थानीय केशब बोगटीले दिएको जानकारी अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट करिब एक सय मिटर तल खेसेको थियो । स्थानीय बासिन्दा उद्धारमा जुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले पनि कार्यालयमा ४ जनाको मृत्यु भएको जानकारी अाएको बताएको छ । तर, घटनास्थलमा पुग्न ४ घण्टा लाग्ने भएकोले अाधिकारिक जानकारी भने नभएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय जीत चन्दका अनुसार मृत्यु हुनेमा चालक रामबहादुर बिक, साहु भगत द्धारिया र इन्नरी रावल रहेका छन् । एक जना मृतक महिलाको भने सनाखत भएको छैन् ।

घाइतेहरूको स्थानीयवासीले उद्दार गरी अस्पताल पठाइसकेको बताएका छन्र ।

दुर्घटना भएलगत्तै प्रहरीको टोली घटना स्थलतर्फ हिँडेको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार