रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

  Manaslu Post  269 पटक हेरिएको

काठमाडौं, १५ जेठ । काठमाडौंको तिलिङ्गाटारमा मंगलबार बिहान सवार ४ बजे रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ ।

बा २ ख ६२३० नम्बरको बसमा सामाखुसीबाट चक्रपथतर्फ तीव्र गतिमा आउँदै गरेको बा ३७ प ७३८० नम्बरको मोटरसाइकल ठोक्किएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बारा घर भएका ३० वर्षीय मानबहादुर बल र मोटरसाइकलमा पछाडि सवार ३० वर्षकै अर्का एक पुरुष छन् । उनको नाम खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार