बंगलादेशसँग नेपाल ८३ रनले पराजित, समूह चरणबाटै बाहिरियो

  Manaslu Post  650 पटक हेरिएको

काठमाडौं, १५ चैत । बंगलादेशमा जारी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ । बंगलादेशले दिएको २५८ रनको लक्ष्य नेपालले ४२. ३ ओभरमा सबै विकेट गुमाएर मात्र १७४ बनाउन सक्यो । लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । मंगलबारको खेलमा ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेका थिएनन् ।

दिपेन्द्र सिंह ऐरी दिलीप नाथले सबैभन्दा बढी ९८ रनको साझेदारी गरे । त्यस्तै दिलिप नाथ ४१ रनमा आउट भएका थिए । ऐरी ५६ रनमा आउट भएका थिए ।

यस्तै बिनोद भण्डारीले बिस्फोटक ब्याटिङ गर्दै ३३ रन बनाए । उनले मात्र २३ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए। पहिलो पटक डेब्यु गरेका आसिफ खेखले १२ तथा मेहबुब आलमले १० रन बनाएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशको यू –२३ टोलीले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो ।  २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाली टोली पूरा समय टिक्क सकेनन् । नेपाली टोली ४२.३ ओभरमा नै अलआउट हुन पुगेको हो ।

नेपाली टोलीका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पार गर्दै ५६ रन जोडे भने दीलिप नाथले ४१ तथा विनोद भण्डारीले ३३ रन र महबुब आलमले १० रनको योगदान गरे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यसअघि ब्याटिङ गरेको बंगलादेशको नसिर हसनले शतक पार गर्दै अविजित १०९ रन बनाए भने मोमिनुल हकीले अर्धशतक पार गर्दै ६१ रन जोडे ।

यस्तै, अबुल हसनले २९,  अफिफ हसनले १४, मोहमद सैफुदिनले १३ रन जोडेका थिए । नेपालका अभिनास कर्णले ३, सन्दिप लामिछाने २ तथा ज्ञानेन्द्र मल्ल र महबुब आलमले एक एक विकेट लिएका थिए ।

समूह ‘बी’ मा नेपालसँगै आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । समूह ‘ए’ मा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया छन् । इमर्जिङ कपको सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानको २३ वर्ष मुनीका खेलाडीसँग ६ विकेटले पराजित भएको थियो ।

एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा पारस खड्का अस्वस्थताका कारण खेल्न नसकेपछि ज्ञानेन्द्र मल्लले टिमको कम्तानी सम्हालेका थिए । स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मी तथा पहिलो रोजाइका फाष्ट बलर सोमपाल कामी पनि टिममा छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार