फोटो फिचरः मनै लठ्ठिने ढोरपाटनमा फूलेका ढकमक्क फूल

  मनास्लु पोष्ट  1280 पटक हेरिएको

काठमाडाै । तीन हजार मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइभित्र बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लाको १ सय २५ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको ढोरपाटन देशको एकमात्र वैधानिक सिकार आरक्ष हो ।

यो ०३९ सालमा स्थापना भएको हो। लेकाली एवम् उच्च हिमाली भू–भाग र हावापानी भएकाले यो आरक्ष जैविक विविधता, प्राकृतिक भू–सम्पदा, महत्वपूर्ण दुर्लभ वन्यजन्तु तथा वनस्पतिका लागि प्रख्यात छ । यस आरक्षका घना जङ्गल एवम् लेकाली खर्क सिकारका लागि प्रख्यात रहेकाे छ ।

समथर घाँसेमैदानहरु दुर्लभ वनस्पति र फूल वृक्षहरुको अध्ययन–अवलोकनका लागि प्रख्यात छ ।

ढोरपाटनको खुल्ला उपत्यका विभिन्न प्रजातिका भूइ फूलहरुले ढकमक्क छ। उपत्यका वरपर डुल्दा यहाँ फूलेका अनेक फूलहरुको सुगन्ध र महकले मन त्यसैत्यसै लठ्ठिन्छ ।

सौन्दर्यलाई कुनै सुन्दर फूल बगैँचाभन्दा कम आँक्न मिल्दैन। यहाँ प्रायः हिमाली खण्डमा पाइने फूलहरु पाइन्छन् ।

यी फूलको नाम र जात सम्बन्धमा भने अहिलेसम्म कुनै खोजी र चर्चा भएको छैन । यसो हुन सके सिकार आरक्षले दिलाएको यहाँको ख्यातीमा ढोरपाटन दुर्लभ वनस्पति र फूलवृक्षको वैज्ञानिक अध्ययन थलो पनि बन्न सक्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार