नेपालको राजधानी काठमाण्डौ दक्षिण एसियाकै तेस्रो महगो शहर ।

  Manaslu Post  692 पटक हेरिएको

दक्षिण एसियाको सबैभन्दा महँगो शहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा रहेको छ ।

नयाँ दिल्ली, मुम्बई, बेङ्गलोर र कराँचीभन्दा काठमाडौं महँगो भएको द इकोनोमिस्ट ग्रुपको एक रिपोर्टमा बताइएको छ । नेपालको राजधानी काठमाडौं १ सय १६ औं स्थानमा रहेको छ । उक्त रिपोर्ट इकोनोमिष्ट ग्रुपको द रिसर्च एण्ड एनालाइसिस डिभिजनको इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले तयार गरेको हो । गत वर्ष काठमाडौं १ सय १८ औं स्थानमा रहेको थियो ।

दक्षिण एसियामा काठमाडौंभन्दा माथि ढाका (६२) – बंगलादेशको राजधानी र श्रीलङ्काको राजधानी कोलोम्बो (१०८) रहेका छन् । सर्वेक्षणमा समावेश अन्य दक्षिण एसियाली राष्ट्रमा नयाँ दिल्ली, चेन्नई, मुम्बई, कराँची र बेंगलोर रहेका छन् ।

नयाँ दिल्ली १ सय २४ औं, चेन्नई र मुम्बईले १ सय २७ औं स्थान ओगटेका छन् भने १ सय ३१ औं स्थान ओगट्दै बेंगलोर सबैभन्दा सस्तो देशमा सुचिकृत भएको छ ।

उक्त सर्वेक्षण १ सय ६० सर–सामग्रीका चार सय भिन्न मूल्यलाई आधार बनाएर गरिएको हो । सर–सामग्रीमा खानेकुरा, पेय पदार्थ, लुगाफाटा, होम सप्लाइज, भाडा, यातायात, बिल, पढाई, मनोरञ्जनात्मक कृयाकलापको खर्च समावेश गरिएको थियो । सर्वेक्षणमा १ सय ३३ देश समावेश थिए ।

उक्त सर्वेक्षणले सिंगापुरलाई संसारको सबैभन्दा महँगो देश बताएको छ भने हंगकंगले दोस्रो स्थान ओगट्न सफल भएको छ । अन्य एसियाली १० महँगा शहरमा टोकियो, ओसाका र सियोल रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार