पुन समाज नेपालको राष्ट्रिय सम्मेलन पोखरामा हुदै

  मनास्लु पोष्ट  2160 पटक हेरिएको

पुन समाज नेपालको राष्ट्रिय सम्मेलन यहि १९ र २० गते पोखरामा हुने भएको छ ।पुन समाज नेपालको पत्येक बर्ष हुने सम्मेलनमा प्रत्येक जिल्ला समितिले बार्षिक प्रतिवेदन केन्द्रिय समितिलाई वुझाउनु पर्ने र केन्द्रीय समितिले बार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रतिवेदन बुझाउने जनाएका छन ।
बिभिन्न जिल्लावाट प्रतिनिधि र परिवेक्षक सहभागी हुने सम्मेलनमा प्रमुख अतिथि सम्मानिय उप प्रधान मन्त्री तथा स्थानिय विकास मन्त्री कमल थापा,बिशेष अतिथि आदिबासी जनजाती उत्थान प्रतिष्ठानका उपाध्यक्ष चन्द्र बहादुर गुरुङ,पुन समाज नेपालका सर्वमान्य संरक्षक एवं पुर्व मन्त्री उत्तम बहादुर पुनवाट उद्धघाटन हुने पुन समाज नेपालका अध्यक्ष प्रताप पुनले बताउनु भयो ।
पुन समाज नेपालको राष्ट्रिय सम्मेलनले समितिलाई आवश्यक निर्देशन र बार्षिक कार्ययोजना तयार गर्ने र पुन समाजलाई वाँकि रहेका सबै जिल्लामा बिस्तार गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार