धरानमा इष्ट टुरिजम मार्ट कार्यक्रम सम्पन्न

  Manaslu Post  595 पटक हेरिएको

 धरान । पर्यटन बोर्डले आयोजना गरेको ३ दिने इष्ट टुरिजम मार्ट कार्यक्रम आज सम्पन्न भएको छ ।

धरान उपमहानगर पालिकामा २०१८ जुन ७ देखि सुरु भएको इष्ट टुरिजम मार्ट कार्यक्रम प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राईले समुदघाटन गरेका थिए ।

इष्ट टुरिजम मार्ट कार्यक्रममा भारत, बंगलादेश, भुटान माल्दिभ्स लगायत नेपालका १४ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने पर्यटन कृषि सम्बन्धी सामाग्री प्रदशनमा राखिएको थियो ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपक जोशीले हलेसी पाथीभरा लगायत प्रदेश नं. १ को पर्यटन स्थलको बिकास गर्न आफु लागिपर्ने बताए । मन्तव्य दिने क्रममा तानका बातावरण तथा प्रबतारोहण संयोजक एवं कन्च​नजन्घा प​र्य​ट​न प​र्व​र्द्द​न केन्द्र​ (KTPC)का अध्यक्ष हिमालयन विज्ञ पिके शेपाले भने हिमाल, पहाड तराईको विकास संरक्षण सवद्धनमा कम्मर कसेर लाग्नु पर्नेमा जोड गरे । उनले थपे हिमाली क्षेत्रको बिकास तिव्र गतिमा बढाउनुका साथै जलबायु वातावरण सम्बन्धी सबैले चासो दिनु पर्नेमा जोड दिदै भने यस्तै  बृहत कार्य​क्र​म ग​र्दै स्थानिय​ ब्य​क्तिस​ङ​ स​हकार्य​ गरि प​र्य​ट​न प​र्व​र्द्द्न ग​र्ने काम गर्ने र त्य​स​मा स​हकार्य​ ग​रेर​ जान​मा कुनै कसुर न​राख्ने कुरा ब​ताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार