युरोप अस्ट्रियामा भैरहेको मार्सल आर्ट्स हाप्किडो फेस्टीबल तथा कंग्रेसको निमन्त्रणामा अतिथी रुपमा सहभागि नेपाल हाप्कीडो मार्शल आर्ट्स हाप्किडो एसोसिएसन का अध्यक्ष काली बहादुर घर्ती मगरले यो कंग्रेस नेपालका लागि समेत उपयोगी सावित हुने बिश्वास ब्यक्त गरेका छन् ।
सोही कंग्रेसमा अन्तराष्ट्रिय सम्बन्ध बिस्तार हुने र नेपाली हाप्कीडोमा थप कार्यक्रम तय गर्न सहज हुने पनि उनले बताए । घर्ती मगर लाई अन्तराष्ट्रिय हाप्किडो फेडेरेसन का अध्यक्ष गेरहार्ड एगरिन्ज र युरोपियन हाप्किडो युनियन का अध्यक्ष मेलाडेन कुज्निक लगायतले स्वागत गरेका थिए ।