डाेल्पाकी बाल कलाकार जेनिशा बुढा मगरकाे अभिनय यात्रा…

  Manaslu Post  800 पटक हेरिएको

हुने बिरुवा को चिल्लो पात भने झै आफ्नो कला र गला भएका ब्यक्ति सानै उमेर बाट आफ्नो कला देखाउन माहिर हुन्छन । त्यस्तै एउटा नाम हो जेनिशा बुढा मगर उनी स्कुल मा होस या कुनै ठुलिभेरी नगरपालिका ६ डोल्पामा बुबा शुसिल बुढा मगर र आमा राज कुमारी बुढा मगरको कोखबाट २०६५ मंसिर २७ गते जन्मेकी जेनिशा बुढा मगर लोएडली एकेडेमी मण्डिकाटार काठमाडौमा कक्षा ४ मा अध्यानरत छिन ।

कार्यक्रममा उनी आफ्नो कला देखाउन माहिर छिन । यसै को पछिल्लो उदाहरण हो धन हुनेलाई मन नहुने, मन हुनेको धन गीतको म्युजिक भिडियोमा  धेरै जना मध्य बाट आफू छनोट हुनु । सानै उमेरमा चर्चित कलाकारहरू सँग धन हुनेलाई मन नहुने, मन हुनेको धन गीतमामा आफ्नो मुख्य भुमिकामा  सहित जोडदार अभिनय गरेकी छिन। यो  गीतबाटबाट उनी निकै आशवादी छिन ।

केशब बिश्वकर्माको रचना प्रदिप लामाको संगीत र पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा बरीष्ठ कलाकार रामचन्द्र अधिकारी (गोक्ते काजि) गायकर संगीतकार पुस्कर सुनुवार ,बाल कलाकार जेनिशा बुढा मगर,नव मोडेल एलिशा बजगाईं, शिसम नेउपाने ,मोडेल सुबाश तिमिल्सिना,लगायतका कलाकार हरुको अभिनय रहेको छ भने मुकेश हुमागाईं को छायांकन मोहन सुनुवारको सम्पादन रहेको छ ।
उक्त गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याउने भयको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार