भिडियाे हेरेर MANASLU TV मा subscribers गर्नुहोला ।
काठमाडौ । माघे संक्रान्ति पछिको ठूलो पर्व मानिने मगर समुदायहरुको भूमे (भुम्या) सुरु हुँदैछ । अठारमगरातको विभिन्न गाउँहरुमा निकै भब्यताका साथ मनाईने र नाचिने भुमे पर्व यस वर्ष पनि हर्ष उल्लासका मनाउने तयारी भएको छ । विषेश गरी रोल्पा र रुकुममा मनाईने भूम्या पर्व करिब एक हप्ता धुमधामका साथ मनाईन्छ । वर्षायाम संगै आउने प्राकृतिक प्रकोप नहोस् भनि भूमिको पूजा गरी मनाउने भूम्या पर्व मगर समुदायहरुले धुमधामका साथ मनाउने गर्दछन् ।
मगर समुदायहरुले मनाउने भुम्या पर्व परा पुर्व कालदेखि गरिँदै आएको सस्कृतिलाई जगेर्ना गर्न र पर्यटन प्रवद्र्धन गर्नका लागि भन्दै यो पर्वलाई परिष्कृत गर्दै लैजाने स्थानीयहरुको भनाई छ ।
नोको बाङ्गे नाचले समेत चिनिने भूम्या पर्व मगर समुदायका युवा युवती, बुढाबुढी, केटाकेटी एक साथ सयौँको सङ्ख्यामा नाच्ने गर्दछन् । आफ्नै भेषभुषामा सजिएर बुढापाकादेखि केटाकेटीसम्म एक लस्कर भएर दमाहा र सनाईको तालमा छमछमी नाच्ने गर्दछन् । भूम्या पूजा गरे अनावृष्टि र अतिवृष्टि नहुने मगर समुदायको विश्वास छ ।
असार १ गते आउनु भन्दा २, ३ दिन अगाडी नै मुलथाङगेहरु पहाडमा पुगी रंगिबिरंगी फुल टिपेर ल्याउछन् । एक रात खोलाको किनारमा बसेर भूमिको पूजा गरी भूम्या पर्वको विधिवत सुरुवात गर्ने गर्दछन् । यो पर्वमा सयौं तरुण–तन्नेरी जोडीको दौड प्रतिस्पर्धा समेत हुने गर्दछ । करिब १ हजार मिटर दौडमा युवा–युवती जोडीहरु एकआपसमा हात समाई दौडने गर्दछन् ।
घर भन्दा टाढा भएकाहरु यो पर्वमा जाहाँबाट भए पनि घर आउँछन् र एउटै आँगनमा एकसाथ हजारौं नाच्ने गर्दछन् । अनौठो खालको उक्त नाचमा सहभागी हुन छिमेकी जिल्लाका समुदाय पनि आउने गर्दछन् ।
नोकोवाङ्गेका प्रकृयाहरु
जेठ महिनाको दोश्रो हप्तामा गाउँका युवा युवतीले सल्लाह गरी मूलथाङ्गेु (मूल आयोजक समिति) गठन गर्छन् । त्यही मूलथाङ्गेु को पहलमा जेठ महिनाको १५ गते साँझ नाःम्कु फूकाउने अर्थात नोकोवाङ्गेु सुरु भएको घोषणा गरिन्छ । नोकोवाङ्गेु सुरु भएको घोषणा साँझदेखि नै प्रत्येक साँझ गाउँको घोल्दोङ्गा रोकाको आँगनमा नाच्ने गरिन्छ । नोकोवाङ्गेु फूकाइसकेपछि मूलथाङ्गेु हरु कार्यविभाजन गरी गाउँ–गाउँ गएर यूवा युवतीहरुलाई नोकोवाङ्गेु मा सहभागी हुन आग्रह गर्छन् । यहाँनेर एउटा गजबको कुरा के छ भने– केटाहरु प्राय आफै सहभागी हुन्छन तर केटीहरुलाई भने तानेर सहभागी गराउने चलन छ । यसरी गाउँ गाउँबाट लिइएका युवा युवतीलाई नाच्ने ठाउँमा लिइसके पछि नोकोवाङ्गे को सदस्यमा नाम दर्ता गरिन्छ ।
नोकोवाङ्गेु फूकाइसकेपछि भूमे पूजाु मा चाहिने जाँड ३ ताउला पकाइन्छ । त्यसमध्ये २ ताउला नोकोवाङ्गे फुकाउने ठाउँमा र तरवाले बुढाहरुको घरमा १ ताउलो तयार गर्ने गरिन्छ । ४/५ दिन गाउँमा नाचिसके पछि गाउँ भन्दा बाहिर जरुवापानी भन्ने ठाउँमा छाप्रो निर्माण गरी पछिका दिनमा गाउँ गाउँबाट जम्मा गरी ल्याइएका युवा युवतीलाई पनि त्यही ठाउँमा लगिन्छ र त्यही नाच्ने गरिन्छ । जरुवापानीमा कम्तीमा ५ रात नाच्ने प्रचलन पनि रहेको पाईन्छ । जरुवापानीमा रहँदासम्म प्रत्येक साँझ गाउँ गाउँबाट युवा–युवती ल्याई नोकोवाङ्गे सदस्य ब्यापक बढाउने कार्य जारी रहन्छ ।
जरुवा पानीमा छाप्रा बनार्ई राती नाच्ने काम सुरु भएपछि मुल्थाङ्गेहरु मध्ये दिउँसो ३ जना बास कुरुवा बस्ने र बाँकी सदस्यहरु एक अर्काको काममा सघाउने (सहकार्य) गर्दछन् । उनीहरु यसविचमा गहुँको काट्ने, कछ्याट बोक्ने, मकै गोड्ने आदि काम गर्दछन् । नाम्कु ब्यावस्थापनमा लाग्ने आवश्यक खर्च सुरुमा मुलथाङ्गेु आफैले उठाएर खर्च गर्ने गर्दछन् भने पछि नोकोवाङ्गे सदस्यहरुको प्रवेश शुल्कबाट पूर्ति गर्दछन् । प्रबेश शुल्क सबैको हकमा बराबर नै हुनु पर्ने बिश्वास छ ।
संक्रान्ती आउनु ३ दिन अगाडि मुलथाङ्गेु हरु बिहान मुुख नविताली (केहि नखाई) एक जोडी ध्वजा रक्सी र धुपले जुनूङ पितरुको पुजा गर्दछन् । त्यही दिन खाना खाईसकेपछि एक जना दमाई र चार जना मुलथाङ्गेु जलजला पुग्छन् । पहाड पुग्नु भन्दा केही वर हर्पेना भन्ने स्थानमा पूजा गरेर मात्र पहाड प्रवेश गर्न पाईने बिश्वास छ ।
यस समय भेडाग्वालाहरु प्राय पहाडमा हुने भएकाले मुलथाङ्गे मुल्थाङ्गेनीुहरु रात कटाउन त्यही भेडा ग्वालाहरुसंग हाँसो ठट्टा गर्ने र गीत गाउने गर्दछन् । फूल टिप्न पहाडमा गएकाहरुले खानको लागि खाजा रोटी रक्सी लग्ने गर्दछन् तर उनीहरुले नुन नखाने चलन छ । पहाडमा फूल टिप्न जाने तयारी जरुवापानीमा हुन्छ । त्यहाँ रक्सी पार्ने र रोटी पकाउने गरिन्छ । रक्सी पकाउँदा नै जुनुङ पितरु को नाममा सक्कु फलेर बनाउने बनाउने गर्छन् ।
पहाडमा पुगेको अर्को दिन विहान केही पनि नखाएर ध्वजा धुप रक्सी बन्चरे जाने बाटोमा चडाई पूजा गर्दछन् त्यसपछि मात्र अर्नी खान्छन् । फूल टिप्न जानेहरु बञ्चर लेकको उत्तरतिरवाट प्रवेश गर्दछन् । त्यहाँ टिपिने फूलहरुमा रथविरथ र भूमको फूल हुन् । बन्चरेमा फूल टिप्ने कामसकेपछि हर्पेनातिर आएर मुर्ला काट्न गर्दछन् ।
नाम्कु अवधीभर सबै युवा युवति जम्मा हुने र नाच्ने हुँदा उनीहरुले एकले अर्कालाई राम्ररी चिन्ने, बुझ्ने र प्रेमको सुरुबाट गर्ने अवसरका रुपमा लिन्छन् । मेलाको अन्तिम दिन धेरै जोडिहरु बिवाह बन्धनमा समेत बाँधिने गर्दछन् ।