मनास्लु पोष्ट
नेपाली मौलीक लोक संगीत संरक्षन संबद्धनमा लागी रहेका रोल्पाली कलाकारहरुले आज अनामनगरमा भव्य कार्यक्रम गरि रोल्पाली कलाकार समाजको स्थापना गरेका छन । राधिका हमाल पुनको अध्यक्षतामा उदिराम खड्का उपाध्यक्ष, हरि डाँगी सचिव,ज्वोती मगर सह सचिव,जालुमाया गुरुङ,कोषध्यक्ष र नन्द घर्ति मगर,देविराम राना मगर,गीता महरा,पोषण घर्ति मगर,सागर बाबु पुन,लोक बहादुर रसाईली सदस्य रहेको छ ।
रोल्पा जिल्लाको कुना कुनामा रहेको संस्कृतिलाई संरक्षण संबद्धन गर्न र सम्पुर्ण रोल्पाली कलाकाारहरुलाइ गोलबन्द गराउने उद्देश्यले स्थापना गरिएको रोल्पा कलाकार समाजको कार्यक्रममा रोल्पाका ,बरिष्ठ अग्रज गायक कुलानन्द गीरी,चर्चित एरेन्जर एवं संगीतकार कृष्ण पुन,पैसेरु नाचकी विज्ञ खिम कुमारी बुढा मगर,संगीतकार गणेश सुवेदी,वरिष्ठ वाद्धयबादक गुरु घर्ति मगर,रोल्पा जलजला सेवा समाजका महासचिव तिलक रोका साहित्यकार दिपक दर्पण लगाएत २३२ जना रोल्पाली कलाकारको उपस्थिति रहेको थियो ।