डोल्पामा सहकारीको जिम्मा स्थानीय सरकारलाई

  बृर्ष रोकाय  438 पटक हेरिएको

दुनै(डोल्पा) ४ असार  ।  डोल्पाका सम्पुर्ण सहकारी संस्थाहरुको जिम्मा तथा अभिलेख स्थानीय तहलाई दिईएको छ ।
डिभिजन सहकारी संस्था जुम्लाको आयोजनामा सोमबार सदरमुकाम दुनैमा गरिएको स्थानीय तह पदाधिकारी तथा अधिकृतहरुकोलागि अभिमुखिकरण एवम् अभिलेख हस्तान्तरण पहिलो दिनको कार्यक्रम मार्फत डोल्पाका ५३ वटा सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई बुझाईएको हो ।
डोल्पाका आठवटा स्थानीय तह मध्ये सातवटा स्थानीय तहमा मात्रै सहकारी संस्था रहेकाछन् जसमा त्रिपुरा सुन्दरी नगरपालिकामा १९ वटा,ठुलीभेरी नगरपालिकामा २०,मुड्केचुला गाँउपालिकामा ५,जगदुल्ला गाँउपालिकामा ४,शे फोक्सुन्डो गाँउपालिकामा २,छार्काताङसोङ गाँउपालिकामा १,काईके गाँउपालिकामा २ सहकारी रहेकाछन् । डोल्पो बुद्ध गाँउपालिकामा भने एउटा संस्थानै रहेको छैन् ।

अभिमुखिकरण तथा अभिलेख हस्तान्तरण कार्यक्रममा सहकारी भएका सातवटा स्थानीय तह मध्ये काईके गाँउपालिकाका प्रमुख आफै उपस्थित भएका थिए भने त्रिपुरा सुन्दरी,ठुलीभेरी,जगदुल्ला,मुड्केचुला लगाएतका स्थानीय तहबाट प्रमुख तथा उप प्रमुखको उपस्थिति नभई प्रतिनिधिमात्रै उपस्थित थिए ।
सहरकारी सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम बिशेषगरि स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीकालागि उपलब्धिमुलक भएपनि उनिहरुकै न्युन उपस्थिति रहेको पाईएको छ ।
यो भन्दा अगाडी सहकारी दर्ताकालागि हप्तौँदिन बिसौँ हजार रकम खर्च गरेर जुम्लामै पुग्नु परथ्र्यो भने अब सहकारी दर्ता,खारेजी,अभिलेख राख्ने लगाएतका सम्पुर्ण अधिकार स्थानीय तहलाई गएको छ डिभिजन सहकारी दाङका सहकारी अधिकृत बिनोद कुमार पौडेलले बताए । यो नै सिँहदरको अधिकार गाँउ गाँउमाको ज्वलन्त उदाहारण भएको उनको भनाई छ ।

कार्यक्रममा मन्तब्य राख्दै जिल्ला समन्वय समिति डोल्पाका प्रमुख एवम संयोजक शेर बहादुर बुढाले विभिन्न जानकारी मुलक कार्यक्रममा उपस्थिति नहुनु दुखदायी भएको बताए ।
मान्छे सबै कुरामा पोख्त नहुने भएकाले कुनैपनि कुराको जानकारीकालागि अभिमुखिकरण,तालिम,गोष्ठीमा सहभागिता अनिवार्य रहेको बुढाले बताए ।
मन्तव्यकै क्रममा नागरिक समाज अध्यक्ष शेर बहादुर बुढाले कार्यन्वय गर्ने निकाय र नियमनगर्ने निकायबिच तालमेल नहुँदा बेथिति मौलाएको बताए क।
राज्यले कर्णाली भन्ने बित्तिकै जुम्लाई मात्र चिन्ने भएकाले अन्य जिल्लाका अवसरहरु ओझेलमा परेको उहाँको भनाई छ ।
कर्णालीका पाँचवटै जिल्लाका सहकारी संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरि सकिएको डिभिजन सहकारी कार्यालय जुम्लाका दोर्णराज आचार्यले बताए।
कार्यक्रममा जिल्ला स्थित कार्यलय प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि,नागरिक समाज,पत्रकार लगाएत सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार