काठमाडाै । न्युरो अस्पतालको नाममा परिचित बाँसबारीस्गित नेशनल इन्स्टिच्यूट अफ मेडिकल एण्ड एलाइड साइन्सको नाम परिवर्तन भएको छ ।
नेशनल इन्स्टिच्यूट अफ मेडिकल एण्ड एलाइड साइन्स अस्पतालका संस्थापक बरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको मृत्युपछि अस्पतालको नामको अगाडि उनको नाम थपिएको हो । डा देवकोटाको सपनाको अस्पताल भएका कारण अस्पतालको नामको अगाडि उनको नाम थप्ने निर्णय भएको छ ।
अस्पतालको बोर्डले अबदेखि उक्त अस्पतालको नाम उपेन्द्र देवकोटा नेशनल मेमोरियल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेज राख्ने निर्णय गरेको हो । उक्त नाम कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्विकृति समेत लिइसकिएको छ ।
डा. देवकोटाले उक्त अस्पताल सन् २००६ अप्रिल १३मा स्थापना गरेका हुन् । डा. देवकोटाले नेपालमा न्युरो उपचार गर्ने छुट्टै विशिष्टकृत अस्पताल हुनुपर्छ भन्दै उक्त अस्पताल स्थापना गरेका हुन् । डा. देवकोटाको सपना अनुसार नै अस्पताल स्थापना भएकाले अस्पतालको नामको अगाडि उनको नाम राख्ने निर्णय अस्पताल बोर्डले गरेको हो ।