नेपाली म्युजिक भिडियो अवार्ड २०१८ को सर्बाकृष्ट महिला मोडेल बनिन सुष्मा

  प्रकास बराइली अभिव्यक्ती  929 पटक हेरिएको

तेस्रो नेपाल टेलिकम नेपाली म्युजिक भिडियो अवार्ड २०१८ मलेसियामा  साथ सम्पन्न भएको छ । जसमा अहिलेकी ब्यस्त नायिका तथा मोडल सुष्मा अधिकारीले उत्कृष्ट महिला मोडल बिधामा अवार्ड हात पार्न सफल भएकी छिन् ।

नायिका तथा मोडल सुष्मा अधिकारीको नाम फिल्मी र सांगीतीक क्षेत्रमा सुनिदै आएको नाम हो । अधिकारी थुप्रै चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गर्नुका साथै देश तथा बिदेशका बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाएर लाखौ दर्शक श्रोताहरुको मन जित्न सफल भएकी छिन् ।

संगीक्षा फिल्मस् ईन्टरटेनमेनद्धारा आयोजित नेपाली म्युजिक भिडियो अवार्ड २०१८ मा नेपाल टेलिकम लगायत थुप्रै संघ संस्था र ब्यक्तीहरुबाट सहयोग प्राप्त भएको थियो । यस अवार्ड कार्यक्रम सफल बनाउन सम्पुर्ण कलाकार, दर्शक र प्रायोजकहरुको हात रहेको कुरा आयोजक पक्षले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार