झापाली वनभोजमा संकलित रकम क्यान्सर पीडित दर्जीलाई सहयोग

  डिल्ली हुमागाई  590 पटक हेरिएको

झापाली समाज युएईले गत साता आयोजना गरेको एकता वनभोजमा संकलित रकम तोपगाछी, झापाकी पुनमकुमारी दर्जीलाई हस्तान्तरण गरेको छ ।

वनभोजमा सहभागीहरुले स्वेच्छाले प्रदान गरेको २५ हजार ७ सय ४९ रुपैयाँ मिर्गौैला, कलेजो तथा पाठेघरको क्यान्सरबाट पीडित दर्जीलाई फागुन १८ गते केर्खा बजारमा हस्तान्तरण गरिएको हो ।

अति बिपन्न दर्जी परिवारलाई राहत पुगोस् भनेर झापाली समाजमा आबद्ध राजेन्द्र दाहाल, मित्रलाल पोखरेल, इन्द्र भण्डारी, नारायण भट्राई र काशीनाथ ढकालले सहयोग अभियान केही हप्ताअघि सुरु गरेका थिए । उक्त अभियानलाई गत २४ फेब्रुअरीमा आयोजित झापाली एकता वनभोजमा सहभागीले सहयोग गर्दै पूर्णता प्रदान गरेका थिए ।

झापाली समाज युएई नेपाल सम्पर्क समितिका उपाध्यक्ष गणेश बुढाथोकीको नेतृत्वमा गएको एक टोलीले रकम हस्तान्तरण गरेको हो ।

राहत ग्रहणपश्चात पीडित परिवारले समाजलाई धन्यवाद व्यक्त गर्दै सम्पूर्ण सहयोगी मनहरुप्रति कृतज्ञ रहेको र आउने दिनहरुमा यसरी नै दुःखी पीडितको सहयोगमा समाजको ध्यान पुगोस् भनी कामना गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार