प्रहरी र लुटेरा समूहबीच बौद्धमा गोली चल्यो, तामाङ घाइते

  Manaslu Post  999 पटक हेरिएको

काठमाडौं : काठमाडौंको बौद्धमा बिहीबार बेलुका गोली चलेको छ । प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो ।

गोली लागि एकजना घाइते भएका छन् । महानगरीय अपराध महाशाखाको टोली लुटपाटमा संलग्न अमर भनिने अस्मित तामाङलार्इ नियन्त्रणमा लिनका लागि बौद्ध पुगेको महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले बताए।

उनका अनुसार तामाङलार्इ नियन्त्रण लिन प्रहरीले दुर्इ राउण्ड गोली चलाएको छ ।
प्रहरीको गोली लागि तामाङ घाइते भएको छन् ।

उनलार्इ उपचारका लागि वीर अस्पताल लैजाने तयारी भएको छ । तामाङले केही दिनअघि भक्तपुरमा १८ लाख रुपैयाँ लुटपाट गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार