जेनिशा बुढा मगरले अभिनय गरेकाे ‘धन हुनेलाई मन नहुने’ सार्वजनिक (भिडियोसहित)

  मन बहादुर पुन  1186 पटक हेरिएको

काठमाडौं – नेपाली गित संगीत क्षेत्रमा नया प्रतिभाहरु जन्मी रहेका छन् ।

जेनिशा बुढा मगरले अभिनय गरेकाे मार्मिक गीत ‘धन हुनेलाई मन नहुने, मन हुनेको धन’ सार्वजनिक गरिएको छ । आशाबादी र यथार्थबादी शैलीको यो गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।

शुरशाला आईडल बाल गायक यायुश केसी र गायिका जिग्मी शेर्पाले यसमा स्वर गीतमा गीतमा गायक र संगीतकार प्रदीप लामाको संगीत छ, भने संगीत संयोजन पुस्कर सुनुवारले गरेका छन् ।गीतको निकै आकर्षक भिडियो बनाइएको छ ।

गीतकार बिश्वकर्मा आफैले निर्देशन गरेको भिडियोमा बरिष्ठ कलाकार रामचन्द्र अधिकारी (गोक्ते काजि) र बाल कलाकार जेनिशा बुढा मगरको मार्मिक अभिनय देख्न सकिन्छ । यी कलाकारको साथमा पुस्कर सुनुवार, मोडेल एलिशा बजगाईं, शिसम न्यौपाने, सुवाश तिमल्सिना लगायतको समेत अभिनय भिडियोमा समेटिएको छ ।

मुकेश हुमागाईको छायाँकन, मोहन सुनुवारको सम्पादन रहेको भिडियो मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार