बेनीको बजारको अपार सफलता पछि लक्ष्मण नेपालीले ल्याए बुटवल बजार (भिडियाेसहित)

  मन बहादुर पुन  786 पटक हेरिएको

काठमाडौ । नेपाली लोक संगीत पारखीहरुको लागि बेग्लै खुराक दिदै आएका लक्ष्मण नेपालीले बेनीको बजारको अपार सफलता पछि बुटवल बजार गीत ल्याएर आएका छन । कला र गलाले सम्पन्न लक्ष्मण नेपाली अहिलेको युवा पुस्तामा परेका एक बहुप्रतिभावान कलाकार हुन भन्दा फरक नर्पला ।
बेनीको बजार गीतको मोडल तथा निर्माता लक्ष्मण नेपालीले धेरै गीतहरुमा मोडलिङ छन भने एक दर्जन भन्दा बढि गीतहरुमा शव्द लय र स्वर दिइसकेका छन ।
सिमरन म्यूजिक मुभिका सञ्चालक समेत रहेका लक्ष्मण नेपालीले नयाँ प्रतिभालाई बिषेश अवसर दिदै आइरहेका छन । उनको लेखन निर्देशन र निर्माणमा रहेको खरो छ भाइ खरो टेलिफिल्म दर्शकको रोजाइमा परेको छ ।
बिभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिइसकेका नेपाली आफु बाचुन्जेल नेपाली लोक संगीत र कलाकारितालाई अंगाल्ने बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार