कल्पना थापा मगर
गोरखा । नेपाल भारत आदिवासी जनजाति मैत्री संघले यही असार १६ गते शनिबार गोरखा बजारमा नेपाल भारत आदिवासी जनजाति मैत्री संघ जिल्ला शाखा गोरखाको उद्घाटन कार्यक्रममा गर्ने भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि सम्माननिय पुर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई ,विशिष्ट अतिथि भारतीय राजदुतावास नेपालका महामहिम राजदूत मन्जिव पुरी ,केन्द्रीय अध्यक्ष विनोद कुमार गुरुङ लगायतले उद्घाटन गर्ने बताइएको छ ।
सम्पूर्ण आदिवासीहरुलाई आ-आफ्नो जातिय भेषभुषामा उपस्थित हुन आज पत्रकार सम्मेलन गरि सोही संघका अध्यक्ष बिनोद कुमार गुरुङले जानकारी दिएकाछन ।
गोरखामा २०७५ असार ३ गते नेपाल भारत आदिवासी जनजाति मैत्री संघ केन्द्रका संस्थापक अध्यक्ष बिनोद कुमार गुरुङको आतिथ्यमा गोपाल गुरुङको अध्यक्षतामा तामा ३५ सदस्यीय नेपाल भारत आदिवासी जनजाति मैत्री संघ गोरखा शाखा जिल्ला समिति गठन गरिएकोथियो ।
पढनुहोस प्रेस विज्ञप्तीः