डोल्पामा वृहत सांस्कृति महोत्सव सुरु,

  बृर्ष बहादुर रोकाय  1315 पटक हेरिएको

डोल्पा । कला संस्कृतिको धनि मानिने डोल्पामा बुधवार जिल्लाका प्रतिनिधिहरुबाट सांस्कृतिक महोत्सवको उद्घाटन भएको छ ।

कला संस्कृति तथा संरक्षण मञ्च रुकुमको आयोजनामा डोल्पाको सदरमुकाम दुनैमा भव्य समाहरोहका साथ जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेर बहादुर बुढा, उप प्रमुख नरबहादुर बुढा, र प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सयुक्त रुपमा व्यानर उदघाटन गरेका हुन ।

कार्यक्रममा मन्तवय राख्दै डोल्पाका प्रमुख शेर बहादुर बुढाले भने,यस्ता महोत्सवले कला संस्कृतिको संरक्षण संवद्धन प्रवद्धनमा सहयोग मिल्न सक्छ ।
सरस्वती मा.वि दुनैलाई कला संस्कृति सामाग्री जुटाउन र कला संस्कृतिको संरक्षण संवद्धन प्रवद्धन गर्न यो सांस्कृतिक महोत्सव बाट सहयोग हुने र प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने ।
सरस्वती मा.वि दुनैको सांस्कृतिक सामाग्री सहयोगार्थ आयोजना गरिएको वृहत सांस्कृतिक महोत्सब बुधवारबाट ४ दिन सम्म सञ्चालन हुने भएको छ । महोत्सवमा राजेश हमाल, तिलक परियार, प्रकाश कँडेल, अमित परियार, कृति पाण्डे, अञ्जली चन्द, दिल्ली परियार लगायत राष्ट्रिय कलाकारहरुको आकर्षण रहेको छ ।
महोत्सवमा डोल्पाका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत हुने आयोजकले वताएको छ । कार्यक्रम जिल्ला खेलकुद विकास समितिको खेल मैदानमा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार