ब्राजिलले लगातार १३अौं पटक विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा २-० गोलअन्तरले गोलअन्तरले पराजित गर्दै ब्राजिल समूह विजेता बन्दै नकअाउट चरणमा प्रवेश गरेको हो ।
यता लगातार दोस्रो चरणमा स्थान बनाउँदै अाएको ब्राजिलले अन्तिम १६ मा अब समूह एफ को उपविजेता मेक्सिकोसँग सोमबार सामना गर्नेछ । १९६६ मा इंग्ल्याण्डमा भएको विश्वकपमा ब्राजिल समूह चरणबाटै घर फर्किएको थियो ।
ब्राजिललार्इ समूह विजेता बनाउन पाउलिन्हो र थियगो सिल्भाले गोल गरेका थिए । पहिलो हाफको ३६अौं मिनेटमा फिलिप्पे काउटिन्होले मैदानको मध्यभागबाट दिएको पासमा गोलकिपरको ठिक अघिबाट बल उठाउदै पाउलिन्होले जाली चुमाएका थिए ।
अौं मिनेटमा नेमारको कर्नरमा थियगो सिल्भाले गोलपोस्टको नजिकैबाट हेडर गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरेका थिए । हारसँगै सर्बिया भने प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट स्विट्जरल्याण्ड उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।