जुम्ला– चिकित्सा शिक्षा अध्यादेश पुरानै स्वरुपमा तत्काल जारी गर्नुपर्ने माग राख्दै शनिबारबाट आमरण अनशन बस्न लागेका डा गोविन्द केसीलाई जिल्ला प्रशासन कार्यालय जुम्लाले अवरोध सिर्जना गरेको छ ।
डा केसीले अनशनका लागि यस पटक जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रोजेका हुन् । तर, डा केसीले अनशन सुरु गर्ने भनिएको प्रतिष्ठान परिसरलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गरेको छ ।
डा केसीको अनशन बिथोल्ने गरी प्रशासनले अनशन बस्ने अघिल्लो दिन शुक्रबार प्रतिष्ठान परिसरको २ सय मिटर वरिपरिको क्षेत्रालाई निषेधित क्षेत्र तोकेको हो । जिल्ला प्रशासनले यो सँगै थप दुई स्थानलाई पनि निषेधित क्षेत्र तोकेको छ। प्रशासनले जारी गरेको पत्र अनुसार प्रतिष्ठान परिसरसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको २ सय मिटर वरिपरिको क्षेत्रलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।
अनशनका लागि डा केसी शुक्रबार बेलुकी जुम्ला सदरमुकाम खलंगा पुगेका छन् ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्र