श्रमिकलाई न्युनतम मासिक तलव तीस हजार

  मनास्लु पोष्ट  3567 पटक हेरिएको

काठमाडाै । राष्ट्रवादी श्रमिक महासंघले अाज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई मन्त्रालयका सचिव महेश प्रसाद दाहाल मार्फत १६ बुँदे ज्ञापनपत्र महासंघका अध्यक्ष निरज कुमार पुन लगाएत पदाधिकारी र सदस्यहरूको टोलिले बुझाएको छ ।
सरकारले अागामी अार्थिक वर्षको साउन १ गतेदेखि श्रम ऐन २०७४ र नियमावली २०७५ को अधिनमा रहि श्रमिकहरूको न्युनतम पारिश्रमिक निर्धारण गरी लागू गर्ने तयारी गरी रहेको अवस्थामा सबैलाई रोजगार न्युनतम मासिक तलव तीस हजार सुनिश्चितता र श्रम ऐन परिच्छेद- ११ मा व्यवस्था गरिएको श्रमिक अापुर्ति सम्बन्धि ठेकदारी व्यवस्था खारेजिको माग सहित ज्ञापनपत्र बुझाएको छ।
अध्यक्ष निरज कुमार पुन नेतृत्वमा महासचिव किरण देउवा उपमहासचिव प्रकाश सुवेदी सचिव द्वय दिपक लामा र मिलन रोका सदस्यहरु सरिता दुलाल, सुनिता राना, हरीकला साउद लगायतका सहभागी भएका थिए ।

पढनुहोस् ज्ञापन पत्रको पुर्णपाठ

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार