नेपाल मगर खेलकुद संघले यहि शनिवार सम्मान कार्यक्रम गर्दै

  मनास्लु पोष्ट  6164 पटक हेरिएको

काठमाडौ । नेपाल मगर खेलकुद संघले यहि आषाढ २३ गते शनिवार राष्ट्रिय नाच घर जमल काठमाडौमा खेलाडी सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

गृह मन्त्री राम बहादुर थापा मगर बादलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न खेलबाट राष्ट्रलाई बिषेश योगदान पु¥याएका मगर खेलाडीहरुलाई सम्मान गरिने बताइएको छ ।

मगर समुदायमा रहेका आदिम रैथाने खेलको खोजी, अनुसन्धान, व्यवसायिक खेलको विकास र विभिन्न खेलकुदमा रहेका मगर खेलाडीहरुको संरक्षण तथा संवर्दन गर्न स्थापना गरिएको नेपाल मगर खेलकुद संघले ऐतिहासिक प्रथम मगर खेलाडी सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार