सरकारमाथि चौतर्फी प्रहार भयो, प्रतिवाद गरौंः प्रधानमन्त्री ओली

  Manaslu Post  707 पटक हेरिएको

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । पार्टीकै नेताहरुले समेत नबुझेर बोलेको भन्दै उनले एकतावद्ध भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारले सकारात्मक रुपमै काम गरिरहेको दाबी गरे ।

तर, सरकारमाथि चौतर्फी प्रहार भइरहेको उनले बताए । ओलीले भने, ‘चाहे गोविन्द केसीको केसमा होस्, चाहे अरु केसमा होस् । सबै मिलेर सरकारलाई प्रहार गर्ने काम भइरहेको छ । हामीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ । त्यसका लागि चाहिने एकता र दृढता पार्टी नेताहरुमा नदेखिएको भन्दै उनले असन्तुष्टि जनाए ।

केन्द्रसँग प्रदेश र स्थायी सरकारको कामकारबाहीबारे समीक्षा गर्न छिट्टै स्थायी कमिटीको अर्को बैठक बोलाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टीको विधान र नियमावलीबारे नेताहरुले सुझाव दिएका छन् र त्यसलाई समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार