गोरखा । नयाँ शक्ति पार्टी, गोरखाको संयोजकमा पूर्वसभासद तथा पार्टीका केन्द्रीय कार्यकारी सदस्य ज्ञानेन्द्र कुमाल चयन भएका छन ।
विहीबार जिल्ला सदरमुकाम गोरखामा बसेको जिल्ला समितिको बैठकबाट कुमाल संयोजकमा चयन भएको निवर्तमान संयोजक रमेश पोखरेलले जानकारी दिए । पोखरेल युवा शक्ति नेपालको केन्द्रीय अध्यक्षमा चयन भएपछि उनले जिल्ला संयोजकको भूमिकाबाट बिदा लिएका हुन ।
जिल्ला संयोजकको जिम्मेवारी पाएका कुमालले विकास अध्ययनमा काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन । उनि पूर्वसभासद समेत हुन ।